अर्थ र ब्यापारप्रदेश २

बैङ्कमा तरलता बढी थुप्रियो,राष्ट्र बैङ्क भन्छः तान्दैनौँ, लगानी गर्न बाध्य गराउँछौँ

लामो समयदेखि तरलता अभाव (लगानीयोग्य रकम) झेलेका बैङ्कलाई अहिले धेरै तरलता भएर लगानी कहाँ गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । अघिपछि बजारमा लगानी योग्य रकम कम हुँदा प्रवाह गर्ने र बढी हुँदा प्रशोचन गर्ने राष्ट्र बैङ्क अहिले बैङ्कमा थुप्रिएको पैसा नतान्ने पक्षमा छ । कारण बैङ्कहरुलाई लगानी प्रवाहमा बाध्य बनाइनको लागि हो । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार नियामकले अहिले बैङ्कको पैसा नतान्नुको कारण कर्जा प्रवाहमा बाध्य बनाउन हो । उनी भन्छन, ‘अहिले हामी बैङ्कको पैसा तान्ने पक्षमा छैनौ, जसरी हुन्छ उनीहरुको लगानी विस्तारमा बाध्य बनाउने हो ।’

बैङ्किङ सिस्टममा अहिले १ खर्ब ३७ अर्ब (मङ्गलबारसम्म) तरलता छ । भट्टका अनुसार सरकारको खर्च पछिल्लो समय बढेको छ । आयात धेरै भएको छैन । रेमिट्यान्सको अवस्था सामान्य छ जसका कारण बैङ्कहरुमा तरलता थुप्रियो । राष्ट्र बैङ्क बजारलाई सकेसम्म कर्जा उपलब्धतामा सहज बनाउने पक्षमा छ ।

यता बैङ्करहरु कर्जाको माग नै नआएपछि कहाँ लगानी गर्ने भन्ने अनयौलमा छन् । लकडाउनका कारण लगानी गर्ने ठाउँको सुनिश्चितता नहुँदा कर्जाको माग समेत भएको छैन । बैङ्कमा निक्षेप बढेको बढ्यै छ तर कर्जाको माग छैन । बैङ्कर्स संघको तथ्याङ्कअनुसार पछिल्ला तीन सातामा ५७ अर्ब निक्षेप थपिएको छ तर कर्जा प्रबाह भने घटेको छ ।

कुनै बेला कर्जाको माग आउँदासमेत ठुलो रकमको कर्जा उपलब्ध गराउँन नसक्ने भन्दै ग्राहक फर्काउँने बैङ्कहरुलाई अहिले  पैसा ठाउँ खोजिरहेका छन् । एक बैङ्कर भन्छन्, ‘कुनै बेला हामीसँग लगानी गर्ने पैसा हुन्थेन त्यतिबेला कर्जाको माग आउँथ्यो दिन सकेन भने बैङ्कहरु कर्जा दिनै नसक्ने अवस्थामा पुगे भनेर आलोचना हुन्थ्यो तर अहिले पैसा छ कर्जाको माग छैन । जहाँ पायो त्यहाँ लगानी गरेर पनि भएन ।’

विगत ३÷४ वर्षसम्म दबाबमा भएको तरलता अहिले सहज अवस्थामा छ तर यसलाई सो बेलादेखि अहिलेसम्मकै बढी भन्न नमिल्ने भट्टको भनाइ छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट राष्ट्र बैङ्कले ४ प्रतिशतको सीआरआर घटाएर ३ प्रतिशतमा झारेपछि यो व्यवस्थाले बैङ्कमा तरलता बढाउन भूमिका खेलेको छ । अर्कोतर्फ लकडाउनले लगानीकर्ताले लगानी गर्ने ठाउँको पहिचान गर्न सकेका छैनन ।

राष्ट्र बैङ्कले तरलता तान्छ भन्नेमा विश्वास छ : अध्यक्ष, बकर्ससंघ

अहिले बैङ्कमा कर्जा नै माग नआएपछि कहाँ लगानी गर्ने दोधारमा रहेका बैङ्कबाट तरलता राष्ट्र बैङ्कले प्रशोचन गर्छ भन्ने विश्वासमा बैकर्स संघ छ । बैङ्कर्स संघका अध्यक्ष तथा सानिमा बैङ्कका सिइओसमेत रहेका भुवन दाहाल ढिलो चाडो राष्ट्र बैङ्कले तरलता प्रशोचन गर्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘हामी लगानी गर्नै बसेका हौँ, तर अवसर आउनुपर्यो । लगानीको अवसर आउने वित्तिकै कर्जा लगानी गर्छौँ । त्यतिन्जेलसम्म राष्ट्र बैङ्कले प्रशोचन गर्नुपर्छ ।’

असार लागेसँगै आंशिक लकडाउनले व्यापार व्यवसाय सञ्चालन हुन थालेका छन् । अहिले ऋणीहरु पनि चैतदेखिको ऋण तिरिरहेका छन् । यसकारण पनि नयाँ कर्जा माग गर्न सक्ने अवस्थामा छैनन् । तर अधिक तरलताको व्यवस्थापन राष्ट्र बैङ्कले गर्नुपर्ने दाहालको भनाइ छ ।

अहिलेसम्म बैङ्करहरूले नयाँ क्षेत्रमा ऋण जाने खासै सम्भावना देखेका छैनन । अहिले ऋणमै व्यापार गर्ने व्यवसायीलाई ५ देखि १० प्रतिशत कार्यशील पुँजी (वर्किङ क्यापिटल) आवश्यक पर्ला भन्ने अनुमान बैङ्करको छ । राष्ट्र बैङ्कले पनि कार्यशील पुँजी आवश्यक पर्ने उद्योगधन्दालाई छिटो गतिमा थप ऋण दिन निर्देशन दिइसकेको छ ।

नियमअनुसार बैङ्कहरूको कुल निक्षेपको २० प्रतिशत रकम अनिवार्य तरलता कायम गर्नुपर्ने हुन्छ । तर अहिले बैङ्कसँग तोकिएकाभन्दा बढी तरलता थुप्रिएको छ । तरलता धेरै भएपछि बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याज घटाउन थालेका छन् ।

रातोपाटी अनलाईनले खवर लेखेको छ ।

सम्बन्धित समाचार