अर्थ र ब्यापार

एनएमबी बैँक र मुर्गिया खानेपानी बिच सहकार्य,अनलाईन भुक्तानीको आरम्भ

सुरेश परियार,असार २७ गते,रुपन्देहीको सैनामैनामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अनलाईन बिल भुक्तानी कार्यलाई सुरुवात गरेको छ । उपभोक्ताले प्रयोग गरेको पानी बापतको शुल्क तिर्न अब अनलाईन मार्फत हुने भएको खानेपानीका सह–सचिब गोबिन्द खरेलले जानकारी दिए ।एक समारोहका बिच मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र एनएमबी बैँक मुर्गिया शाखाको सह–कार्यमा ई–एनएमबी एप मार्फत मुर्गिया खानेपानीको डिजिटल बिल भुक्तानीको शुभारम्भ गरिएको हो ।

सो कार्यक्रममा मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँले उपभोक्ताको सुविधाका लागी डिजिटल भुक्तानीलाई प्रयोगमा ल्याएको बताएका छन् । अब घरमै बसेर अनलाईन भुक्तानी गर्न सकिने बताउँदै खानेपानी संस्थाले शुद्ध एंव पर्याप्त खानेपानी उपलब्ध गराउँदै सामाजिक उत्तरदायित्व पुरा गर्दै आएको अध्यक्ष बानियाँको ठम्याई छ ।

यस्तै,कार्यक्रममा एनएमबी बैँक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुलीले समृद्धि नेपालको आधार,विधुतीय कारोबारमा विस्तार भन्ने एनएमबीको नारा अनुरुप आफुहरु अघि बढेको बताएका छन् । सो अनुसार खानेपानी र बैँक बिच सहकार्य आरम्भ गरि आम उपभोक्ता एवं सेवाग्राहीलाई सुविधा प्रदान गरेको प्रदेश प्रमुख पराजुलीले उल्लेख गरे ।मोबाईल मार्फत भुक्तानी भए संगै समय र पैसा दुबैको बचत हुने तर्क गर्दै आम जनतामा एनएमबी बैँक नै विश्वासको पात्र बन्दै गरेको दाबी उनले गरे ।

सोही अवसर पारेर वित्तिय साक्षरता कार्यक्रम सञ्चालन भएको थियो ।वित्तिय साक्षरता कार्यक्रममा डिजिटल बैँकिङ्गका आयामहरु,चुनौतीहरु,प्रयोगकर्ताले ख्याल गर्नुपर्ने कुराहरु र बैँकिङ्गका सेवा सुविधा लिदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा एनएमबी बैँक मुर्गिया शाखाका शाखा प्रबन्धक कमल ढकालको सहजीकरण रहेको थियो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा न.२का वडाअध्यक्ष अम्मर कंडेल,३का वडाअध्यक्ष ताम बहादुर पुर्जा,४का कार्यवहाक वडाअध्यक्ष तेजेन्द्र सुवेदी,वडासदस्य निर्मला बगाले,३० वटा टोल संस्थाका अध्यक्ष तथा प्रतिनिधि,खानेपानीका पदाधिकारी,उपभोक्ता,बैँकका कर्मचारीका उपस्थिति रहेको बैँकका कर्मचारी विजय वि.कले जानकारी गराए ।कार्यक्रम बाबरी पार्टि प्यालेसमा भएको हो ।

सम्बन्धित समाचार