Uncategorizedअर्थ र ब्यापारकृषि र सहकारीमुख्य समाचारयो पनिसमाचार

मलका ठेकदार, प्रचण्डका घरबेटी शारदा अधिकारीको धरौटी जफत

गत पुसमै मलको ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुबै कम्पनीलाई कालोसूचीमा राख्नका लागि कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री संस्थानको बैठक बसेर दुबै केदारको धरौटी जफत गर्न लागिएको स्रोतले बतायो ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कस्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो । उनीहरुले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुबै कम्पनीलाई कारवाही गर्न लागिएको स्रोतले बतायो ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी हुन् । उनले माओवादीको प्रभव प्रयोग गरेर ठेक्काहरु हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्काे होविको मल्टीपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

मलको आपूर्ति र वितरण दुबैमा गडबडी हुने गरेको निश्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुबै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले बतायो ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार सय ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निश्कर्ष छ । अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीइ तह (नगरपालिका/गाउँपालिका) मार्फत किसानसमक्ष पुर्‍याइने गरी कषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ठेकदारलाई कारवाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरुको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।

यसैवीच, शनिबार विप्लव समूहका प्रवक्ता प्रकाण्डले एक वक्तव्य प्रकाशित गरेर शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालालाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका थिए । विप्लव समूहको चेतावनी आएको भोलिपल्टै प्रचण्डका घरबेटीसहितका ठेकदारलाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।

सम्बन्धित समाचार