अर्थ र ब्यापार

नवप्रतिभा सहकारी बुटवल उपसमिति संयोजकमा शिवराज पोखरेल

नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उपसमितिको संयोजकमा शिव राज पोख्रेल चयन भएका छन ।सोमबार बुटवल राजमार्ग चौराहा स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै पोख्रेलको संयोजकत्वमा १० सदस्यीय समिति चयन गरिएको हो। बुटवल उपसमिति उपसंयोजकमा शान्ति श्रेष्ठ लगायत १० जना पदाधिकारि र बाँकी सदस्यहरु रहेका छन।

नवलपरासी अरुणखोलामा केन्द्रिय कार्यालय रहेको यस सहकारीले बुटवलमा शाखा सञ्चालनमा ल्याएको हो।२४ शाखाहरु रहेको सहकारीका बुटवलमा ३९२ सदस्यहरु रहेको उपसमितिका नवसयोजक शिवराज पोख्रेलले जानकारी दिए ।चन्द्रमणी खरेलको अध्यक्षतामा रहेको केन्द्रिय सञ्चालक समितिमा १० जना पदाधिकारी र सदस्यहरु रहेका छन। सहकारीका २४ शाखामा ४३ हजार ८३६ सदस्यहरु रहेका छन। सहकारीको शेयरपँुजी ३३ करोड ४३ लाख ५० हजार,बचतपुँजी १ अर्ब ३८ करोड ५८ लाख ६० हजार रहेको छ ।

सम्बन्धित समाचार