सैनामैना–२बाट लागुऔषधसहित ३ जना रन्यौरा प्रहरीको फन्दामा

रुपन्देहीको सैनामैना नगरपालिका वडा न.२ बाट अवैध लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रलाद के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले वडा न.२ स्थित बनदेवी चौरबाट लागुऔषध सेवन गरिरहेकै अवस्थामा ३ जनालाई पक्राउ गरि कार्वाहि प्रक्रिया अघि बढाईएको हो ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा न.२ बस्ने वर्ष २७ का विशाल ठकुरी,सोही ठाउँ बस्ने वर्ष २३ का मञ्जिल बराल मगर,वर्ष २० का अस्मिन राना रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो अवैध लागुऔषध बरामद भएको प्रहरी निरीक्षक के.सीले उल्लेख गरे ।

कानुनले प्रतिबन्ध गरेका लागुऔषध सेवन,ओसारपोसार गर्ने विरुद्ध रन्यौरा प्रहरी कडा रुपमा प्रस्तत भएको छ भने सादा पोशाकमा प्रहरी तैनाथ भएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार