सैनामैना जेसीजमा नयाँ नेतृत्व आएको छ । हालै सम्पन्न सैनामैना जेसीजको अधिवेशनबाट अध्यक्ष पदमा गोपाल भण्डारी निर्वाचित भएका छन् ।लोकतान्त्रिक अभ्यासबाट अध्यक्ष पदका उम्मेद्धवार कृष्ण भण्डारीलाई पाखा लगाउँदै वर्ष २०२६का लागी गोपाल भण्डारी अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन आयुक्त शिशिर ज्ञवालीले जानकारी दिए ।
निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षद्धयमा सन्दिप सेन्चुरी,प्रदिप ढकाल,उपाध्यक्षमा हर्षित गौतम,प्रवेश शर्मा वाग्ले,अभिषेक पाण्डे,प्रकाश भण्डारी,कविता चापागाई,सचिब पदमा कविता चापागाई,सहकोषाध्यक्षमा अंकिता पौडेल निर्वाचित भएका हुन् भने अन्य पदमा नयाँ समितिले मनोनित गर्ने निर्वाचित समितिले जनाएको हो ।
नवनिर्वाचित अध्यक्ष गोपाल भण्डारीले आफुलाई प्रदान गरेको जिम्मेवारीलाई कुशलतापुर्वक बहन गर्ने उद्घोष गरेका छन् । नेतृत्व तथा व्यक्तित्व विकास,सामाजिक भाव र युवा शसक्तिकरणलाई नै आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता अध्यक्ष भण्डारीले गरे ।
नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै सैनामैना जेसीज वर्ष २०२५का अध्यक्ष गोविन्द खरेलले वर्ष २०२६लाई स्वर्णिम वर्ष बनाउन समितिलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्