मुख्य समाचार

कानून नमान्ने अंटेरीलाई कठघरामा उभ्याउन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

सुरेश परियार,चैत्र १९ गते ।कानूनको धज्जी उडाउने विरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत हुने प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । पिडितको वरिपरि मौरी जस्तै भुनभुनाउँदै स्वार्थ बोकेका समूहको अन्त्य गरि नागरिकमैत्री सेवा गर्नुपर्ने आजको आवश्यकता भएको कुरा कार्कीले औँल्याए ।

ईलाका प्रहरी कार्यालय बुटवलमा महिला,बालबालिका र जेष्ठ नागरिक सेवा केन्द्रको बुधबार उद्घाटन गदै महानिरीक्षक कार्कीले सामुहिक प्रतिबद्धता र कर्मशिल प्रयासले नै समाजमा अपराध नियन्त्रण,शान्ति सुरक्षा,अमनचयन कायम हुने दाबि गरेका हुन् ।प्रहरीका आधा युनिट भवन,आवश्यक स्रोतसाधन र पर्याप्त कानुन नहुँदा पनि प्रहरीले जिम्मेवारी कुशलतापुर्वक पुरा गरेको बताए ।

नागरिकलाई सुरक्षाको प्रत्याभुति दिने गरि काम गर्न माहतहातलाई आईजिपि कार्कीले निर्देशन दिदैँ नागरिकको साथ,समर्थन भए प्रहरीको आत्मबल र हौँसलामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।राजनितिक,साँस्कृतिक र सामाजिक रुपमा संघर्ष चिर्दै घटित अपराको सफल अनुसन्धान गर्दै ७० वर्षको यात्रा प्रहरी तय गरेको समेत उल्लेख गरे ।निवेदन लेख्ने नाममा सर्वसाधारण,सिमान्तकृत वर्ग र निवेदन लेख्न नसक्नृबाट रकम असुल्ने प्रवृत्तिकाृ अन्त्य गर्नुपर्नेमा जोड दिदै प्रहरी कर्मचारीले बोलीवचन र कार्यशैलीमा सकारात्मक परिर्वतन ल्याउन आग्रह समेत उनले गरे ।

पछिल्लो समय लागुऔषधको प्रयोग र ओसारपोसारको संख्या वृद्धि भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले बताएका छन् । युवा,युवती तथा बालबालिकामा समेत लागुऔषधको प्रयोग तिव्र हुँदै गएको हुँदा रोकथाम एवं बच्नका लागी अभिभावकको हेरचाह विशेष रहने उल्लेख गरे । असल संस्कार दिन नसक्दा बालबालिकामा वेचैन उत्पन्न भएको छ भने महिला माथि हुने हिंसाको संख्या उत्तिकै बढेको छ ।साईबर अपराध पनि बढ्दै गैरहेको र ठगीमा परेका पिडितहरु प्रताडित भैरहेको डिआईजी खत्रीको भनाई छ ।सुरक्षाको महसुश हुने गरि लुम्बिनी प्रदेश प्रहरी लागेको उनले बताए ।

संविधानले लक्षित गरेको वर्गका लागी सुविधा सम्पन्न भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा लिने बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विश्वास व्यक्त गरे । मोतिपुर औधोगिक क्षेत्रमा प्रहरी कार्यालयको आवश्यकता रहेको कुरा बताउँँदै बुटवलको शान्ति,सुरक्षामा प्रहरीले विशेष चासो दिएर काम गर्ने अपेक्षा समेत पाण्डेले व्यक्त गरे ।

न्यायपुर्ण समाज निर्माणका लागी सधैव प्रतिबद्ध भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेलले बताए । महिला,बालबालिका र जेष्ठ नागरिकहरुको संवेदनशिलतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने राष्ट्रसेवक कर्मचारीको हो त्यस्लाई बुझेर काम गरेको सिडियो पोख्रेलको उद्घोष रहेको छ ।

बेलायत सरकारको सहयोगमा एसजिपि अन्र्तगत युएनओपिएसद्धारा नवनिर्मित महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवन रु.२ करोड ४१ लख ७ सय ५३ लागतमा बनेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

सम्बन्धित समाचार