मुख्मन्त्री आचार्यका अनुसार विगत सरकारका अर्थमन्त्री विष्णु पौडेलको अगुवाईमा कपिलवस्तुको तिलौराकोट,लुम्बिनी साँस्कृतिक नगरपालिका र रामग्राम नगरपालिकालाई केन्द्रविन्दु बनाएर ग्रेटर लुम्बिनीको अवधारणा अनुरुप रु.१३ अर्बको योजना स्विकृत भैसकेकाले सो कार्यले गति पाए लगत्तै लुम्बिनीबासीले विकासको अनुभुति गर्ने उल्लेख गरे ।लुम्बिनीको विकास र समृद्धिका लागी प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाए ।
सुरेश परियार,चैत्र १० गते । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सरसफाई अध्ययन केन्द्रलाई औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । वडा न.५ स्थित ढोडहवा÷मनोहरपुरमा करिब ८ विघाहा सार्वजनिक जग्गामा सरसफाई अध्ययन केन्द्र तथा हरित पार्क अन्र्तगत फोहोरको चक्रिय व्यवस्थापन गर्ने गरि सरसफाई अध्ययन केन्द्रको सञ्चालनम ल्याईएको नगरपालिकाका लेखाअधिकृत रामचन्द्र अर्यालले जानकारी दिए । युएनडिपिको प्राविधिक तथा वस्तुगत,कोकाकोला फाउण्डेशनको प्राविधिक सहयोग तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक लगानीमा सो अध्ययन केन्द्रलाई स्थापना गरिएको हो ।अध्ययन केन्द्र निर्माणका लागी नगरपालिकाको रु.४ करोड १० लाख लगानी रहेको छ भने युएनडिपिको वस्तुगत सामान र प्राविधिक सहयोग रहेको छ ।

सरसफाई अध्ययन केन्द्रको एक समारोहको विच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले विधिवत् रुपमा आज(मंगलबार)उद्घाटन गरेका छन्।सो कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गौतमबुद्धको पावन भुमिमै फोहोरका डुङगुर(थुप्रो)ले गर्दा पर्यटकहरुले नाक,मुख छोपेर ह्ड्निुपर्ने बाध्यता रहदै आएको बताएका छन् । जथाभावी फोहोरका कारण लुम्बिनीको सौन्दर्यता माथि नै प्रदुषण गराएको भन्दै सरसफाई अध्ययन केन्द्र सञ्चालनमा आएसंगै सो समस्याहरु हल भएर जाने विश्वास आचार्यले व्यक्त गरे ।

फोहोरलाई मोहरमा बदल्न चालेको कदम प्रति प्रंशसा गर्दै सिंगो नगरपालिका र दातृ संस्थाहरु एवं स्थानीयहरुलाई स्यावासको संज्ञा समेत प्रकट गरेका छन् ।फोहोरमैला व्यवस्थापन समस्या सबैको साझा समस्या भएकाले यसको दिगो व्यवस्थापन गर्न जरुरी रहेको कुरा समेत औँल्याए । सरसफाई अध्ययन केन्द्र तथा हरितपार्क निर्माण,सञ्चालनका लागी आवश्यक पर्ने सहयोग गर्न प्रदेश सरकार तयार रहेको मुख्मन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
मुख्मन्त्री आचार्यका अनुसार विगत सरकारका अर्थमन्त्री विष्णु पौडेलको अगुवाईमा कपिलवस्तुको तिलौराकोट,लुम्बिनी साँस्कृतिक नगरपालिका र रामग्राम नगरपालिकालाई केन्द्रविन्दु बनाएर ग्रेटर लुम्बिनीको अवधारणा अनुरुप रु.१३ अर्बको योजना स्विकृत भैसकेकाले सो कार्यले गति पाए लगत्तै लुम्बिनी बासीले विकासको अनुभुति गर्ने उल्लेख गरे ।लुम्बिनीको विकास,समृद्धिका लागी प्रदेश सरकारको ध्यानाआर्कषण भएको जनाउँदै सरसफाईको केन्द्रको संरक्षण गर्न स्थानीयवासीको पनि उत्तिकै भुमिका रहेको कुरा मुख्मन्त्री आचार्यले बताए । 
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री चन्द्रकेश(सि.के)गुप्ता स्वच्छ नगर बनाउन नगरपालिकाले चालेको अथक प्रयास सफल भएको बताएका छन् ।फोहोरलाई मोहरमा रुपान्तरण गर्न सकिने भन्दै यसबाट रोजगार सिर्जना गरि आर्थिक रुपमा सबल बन्न सकिने समेत तर्क सांसद गुप्ताले गरे । लुम्बिनी अझै पनि मानवीय तथा भौतिक विकासले पछि पारेको चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको विशेष चासो र प्राथमिकतामा पार्न मुख्यमन्त्रीलाई समेत ध्यानाकर्षण गराएका छन् ।
युएनडिपि नेपाल कार्यालयका डिप्युटि रेसिडेन्ट रिपृजेन्टेटिप र कोकाकोला फाउण्डेशन सिनेयर डाईरेक्टरले नगरपालिकाको अथक प्रयासमा यो कार्य सम्पन्न भएको हुँदा हरावरा नगर बनाउन आफुहरुले हातेमालो गरेको बताएका छन् । प्रत्येक वर्ष लुम्बिनीमा १३ हजार पर्यटक नेपाल आउने गरेको बताउँदै स्वच्छ नगर भए अझै पर्यटक बढ्दै जाने र आर्थिक विकासमा समेत टेवा दिने विश्वास व्यक्त गरे ।दिगो विकासका लागी दातृसंस्थाहरु सधै तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा नगरपालिकाका कार्यवहाक मेयर कल्पना हरिजनले नगरपालिकाले दातृसंस्थाहरु संग हातेमालो गर्न पाउँदा खुशी लागेको बताईन् ।नगरलाई वातावरण अनुकुलित बनाउन फोहोरलाई उपयुक्त रुपमा व्यवस्थापन गर्न लागिएको हरिजनले उल्लेख गरिन् । फोहोरबाट वषौँ देखि हैरानी व्यहोर्दै आएको भन्दै अब सो समस्याको समाधान भएर जाने बताईन् । बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धत्व ग्रहण हुने भन्दै लुम्बिनीको विकासका लागी तिनै तहका सरकारले चासो दिनुपर्ने आजको आवश्यकता रहेको औँल्याईन् ।नगरको विकास र समृद्धिका लागी जनप्रतिनिधि,कर्मचारी,सरोकारवाला र स्थानीयहरुको एक भएर लाग्नुपर्ने का.व मेयर हरिजनले बताईन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीलले दिर्घ जिवनका लागी सफा नगर हुन आवश्यक रहेको बताईन् ।लामो संघर्ष र प्रयासले आज मुर्तरुप पाएको भन्दै सरसफाई अध्ययन केन्द्रले फोहोरलाई प्रविधिमैत्री भएर प्रंशोधन गर्ने जानकारी दिईन् । साझा समस्याको रुपमा रहेको फोहोरलाई व्यवस्थापन गर्न नगर प्रतिबद्ध रहेको भन्दै प्रदेश,केन्द्र सरकारले यसको विकासमा ध्यान दिनुपर्ने बताईन् । सरसफाई अध्ययन केन्द्र निर्माण भए संगै रोजगारी र अन्य पुर्वाधारको कामले समेत फड्को मारेको ज्ञवालीले उल्लेख गरिन्।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता ईनामुल्लाह फकिर र वडा न.५का वडाअध्यक्ष खुर्शेद आलमले तिलोत्तमा,वालिङ जस्ता ठाउँहरुको अवलोकन र वषौँ देखि समस्याको रुपमा रहेको फोहोरमैलालाई व्यवस्थापन गर्न सरससफाई अध्ययन केन्द्रले टेवा दिने बताएका छन् ।यस क्षेत्रलाई हरितपार्कको रुपमा विकास गर्दै जाने र नगरवासीको मनोभावना अनुरुप विकास गर्न आफुरु प्रतिबद्ध भएको कुरा बताए । स्वा.नगरप्रमुख सजरुद्धिन मुसलमानको पहलमा सुरु भएको यस केन्द्रले आज मुर्तरुप पाएको उल्लेख गरे । सरसफाई केन्द्र स्थापना भए संगै स्थानीयहरु खुशी भएका छन् । कार्यक्रमको सञ्चालन भने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीलेले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्