रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.७ आमीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक सागर घलेको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर जस्तो देखिने २ ग्राम ७९० मिलिग्राम र प्लास्टिकबिना २ ग्राम ५८० मिलिग्राम लागुऔषध बरामद भएको छ ।सोही क्रममा लागुऔषध तौल गर्ने तराजु समेत बरामद भएको प्रहरीले जनाएको हो ।
प्रहरीले सैनामैना नगरपालिका वडा न.–७ बस्ने वर्ष ३७ का मनोज थापा मगर,गैडहवा गाउँपालिका वडा नं.९ निवासी ३० वर्षीय अमृत रानालाई पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको छ ।
पक्राउ पर्ने मनोज थापा मगरको साथबाट लाइटेल कम्पनीको सादा किप्याड मोबाइल १ थान, कालो पर्समा रहेको नगद रु.४ हजार र सवारी अनुमति पत्र फेला पारिएको छ भने अमृत रानाको साथबाट सादा किप्याड मोबाइल १ थान र नगद रु. १० हजार समेत बरामद गरिएको प्रहरी निरीक्षक घलेले उल्लेख गरे ।घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनैतिक क्रियाकलाप विरुद्ध सालझण्डी प्रहरी खरो रुपमा लागी परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्