मुख्य समाचार

रुरुक्षेत्रका शिक्षकलाई विषयगत क्षमता विकास तालिम

रुरुक्षेत्र गाउँपालिका गुल्मीका शिक्षक शिक्षिकाहरुको क्षमता विकासका लागी विषयगत तालिम दिईएको छ ।नवप्रर्वत साझेदारी कोष(आई.पि.एफ) अन्र्तगत रुरुक्षेत्र गाउँपालिकाको आयोजना तथा सशक्तिकरण विकास नेपाल पाल्पाको सहजीकरणमा रुपन्देहीको लुम्बिनीमा गणित,विज्ञान,सामाजिक र कम्प्युटर विषयका शिक्षकहरुलाई ४ दिने तालिम दिईएको कार्यक्रम संयोजक सागर पोख्रेलले जानकारी दिए ।रुरुक्षेत्र गाउँपालिका अन्र्तगत पर्ने मावि तहका ७ वटा विधालयबाट २९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम पिएल जिएसी टिम लिडर सुवास यादवले तालिम उपलब्धिमुलक बनेको बताएका छन् ।तालिमबाट सिकेका कुरालाई ब्यवहारमा लागु गर्न अपिल गर्दै शिक्षणमा परिर्वतन हुने विश्वास लिए ।

यस्तै,कार्यक्रममा तालिम प्रशिक्षक हरि बहादुर विष्टले शिक्षकहरुमा आत्मीकरण गर्न आवश्यक रहेको बताए ।तालिमबाट जागरण पैदा भएको बताउदै पेशागत जिवन फलदायि हुने उल्लेख गरे ।कार्यक्रममा प्रशिक्षार्थीद्धय कृष्ण प्र.ज्ञवाली,मधु थापाले बोल्दै तालिम फलदायि भएको र सिकाईमा परिर्वतन आउने बताउदै आगामी दिनमा एडभान्स खालको यि यस्ता तालिम ल्याउन अपिल समेत गरे ।

लुम्बिनीको सुमेरु होटलमा भएको कार्यक्रम सशक्तिकरण विकास नेपाल पाल्पाका अध्यक्ष अन्जना खनालको अध्यक्षतामा बुधबार सम्पन्न भएको हो ।

सम्बन्धित समाचार