सैनामैना नगरपालिका लुम्बिनी प्रदेशमा तेस्रो र रुपन्देही जिल्लामा करसेवा प्रवाह गर्ने पहिलो पालिका बनेको छ ।पालिकाबाटै करसेवा सुरु भए संगै नागरिकलाई सहजता,समय र खर्चको बचत,डिजिटल सुशासनको प्रारम्भ भएको हो ।
सुरेश परियार,वैशाख ७ गते ।रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तिय पारदर्शिताको क्षेत्रमा नयाँ फड्को मारेको छ । आन्तरिक राजश्व कार्यालयको समन्वयमा आफनै कार्यालयबाट कर सम्बन्धी सेवाहरु प्रवाह गर्ने रुपन्देहीकै पहिलो नगरपालिका सैनामैना बनेको छ ।करदातालाई विविध कर सम्बन्धी काम लिएर कर कार्यालय जाने बाध्यताको अन्त्य गर्दै सोमबार देखि सो सेवा नगरबाट काम हुने गरि प्रक्रिया अघि बढेको नगरपालिकाका राजश्व शाखा प्रमुख सुजन भण्डारीले जानकारी दिए ।
सैनामैना प्रेस क्लबले दर्ता प्रमाणपत्रको आधारमा प्यान कार्ड प्राप्त गरेको छ भने व्यक्तिगत प्यान कार्ड मानव पौडेलले प्राप्त गरेका छन् । नेपाल सरकारको निर्णय अनुसार प्रत्येक स्थानीय तहरुमा अधिकार प्रत्यायोजन गरेता पनि सैनामैना नगरपालिका बाहेक रुपन्देहीका अन्य पालिकाले भने करसेवा दिन अझै सकेका छैन् । पालिकाबाटै करसेवा सुरु भए संगै नागरिकलाई सहजता,समय र खर्चको बचत,डिजिटल सुशासनको प्रारम्भ भएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले नगरले जनतालाई सहज रुपमा सेवा दिन तत्पर रहेको कुरा औँल्याए । कार्यसम्पादन मुल्यांकनले पनि सैनामैना अग्रभागमा रहेको बताउँदै जनताको कर सम्बन्धी कठिन समस्या समाधानका लागि ईट्टा थप्ने काम गरेको उल्लेख गरे । जनताका स–साना कामहरु गर्ने सकेमा स्थानीय तहप्रति जनताको आकर्षण बढ्ने मेयर शर्माले दाबी गरे ।
सैनामैना नगरपालिकाका उपमेयर विना रानाले गाउँगाउँमा आएको सेवाले जनतामा खुशी छाउने बताईन् । नगरले चालेको प्रयासले नगबासी पुर्ण रुपमा लाभान्वित हुने जिकिर समेत गरिन् ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले नगरले जनतालाई छिटो,छरिता सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताएका छन् ।विकासका काम संगै सुशासनका पक्षमा नगर रहेको बताउदै कर सम्बन्धी काम अब पालिकाबाटै हुने जानकारी समेत दिए ।
आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख हरि बस्यालले करसेवालाई सरल र सुलभ बनाउन सैनामैना नगरपालिकाले चालेको प्रयास सकारात्मक भएको बताएको छ । सैनामैना नगरपालिका लुम्बिनी प्रदेशमा तेस्रो र रुपन्देही जिल्लामा करसेवा प्रवाह गर्ने पहिलो पालिका बनेको छ ।कर सम्बन्धी केही जटिलता भए आन्तरिक राजश्व कार्यालय प्राविधिक सहयोग गर्न तयार गर्न आग्रह गर्दै कर लगायत पालिका केन्द्रीत कामका लागी नगर आए हुने बताए ।
सैनामैना नगरपालिकामा दर्ता भएको सैनामैना प्रेस क्लबले प्यान कार्ड नगरबाट प्राप्त गदैै क्लबका अध्यक्ष दिपक न्यौपानेले नगरपालिकाले सहरानिय कार्य गरेको बताए ।कर सम्बन्धी काम लिएर बुटवल धाउन पर्ने बाध्यताको अन्त्य भएको बताउदै अध्यक्ष न्यौपानेले स्थानीय सरकार र सञ्चार क्षेत्रको सहकार्यले नागरिकलाई सुसुचित मात्र बनाउँदैन बरु स्थानीय निकायमा अपनत्व जगाउने बताए ।


प्रतिक्रिया दिनुहोस्