मुख्य समाचार

लागूऔषधसहित २ जना रन्यौरा प्रहरीको कब्जामा

सुरेश परियार,साउन ५ गते । रुपन्देहीको सैनामैनामा अवैध लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक प्रल्हाद के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सैनामैना वडा न.१,बनकट्टाबाट १० पुरिया सहित ३.२८ ग्राम ब्राउनसूगर फेला पारेको जनाईएको हो ।पक्राउ पर्नेमा सोही ठाँउका ३४ वर्षिय जेसिस सिंजाली,वर्ष २५का योञ्जन राना रहेका छन् ।

उनीहरुले आफ्नै घरलाई अवैध लागूऔषध बिक्रि वितरण गर्ने अड्डा बनाएका थिए । रन्यौरा प्रहरीले थप कार्वाही प्रक्रिया अघि बढाएको छ । लागूऔषध विरुद्ध निर्मम भएर लागेको देखिन्छ भने टोल एवं विधालय स्तरमा सचेतनामूलक कार्यक्रम गर्दै रन्यौरा प्रहरी अघि बढेको स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित समाचार