कांग्रेस केन्द्रीय सदस्यमा किरण केसीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पोखराका उद्यमी किरण केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।ऊर्जा, वित्तीय तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव भएका केसीले उत्पादन, रोजगारी, लगानी सुरक्षा र आर्थिक विकासलाई राजनीतिको केन्द्रमा राख्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

‘उद्यमशीलतालाई नीतिगत प्राथमिकतामा ल्याउन र राजनीतिलाई मुलुकको समृद्धिसँग जोड्न मेरो उम्मेदवारी हो,’ केसीले भने।प्रतिष्ठित उद्योगी तथा पूर्वसांसद स्व. सूर्यबहादुर केसीका छोरा किरण केसी हाल केसी ग्रुप अफ कम्पनीजका निर्देशक छन्।

उनी विभिन्न जलविद्युत् आयोजनाका अध्यक्ष तथा सञ्चालकका साथै वित्तीय, निर्माण, हस्पिटालिटी र हाउजिङ क्षेत्रमा समेत सक्रिय छन्।केसीले कांग्रेसमा पुरानो पुस्ताको अनुभवसँगै नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता र प्रविधिमैत्री सोचलाई समन्वय गर्दै पार्टीलाई समयअनुकूल बनाउनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार