सुरेश परियार । मायादेवी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाललाई स्वागत गरिएको छ।गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा भुसाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रममा गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी,पारदर्शी तथा जनमुखी बनाउनुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले सुशासन कायम गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरेका छन्।
स्वागत कार्यक्रममा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले मायादेवी गाउँपालिकामा रहेर जनताको हितलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँले गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने,कर्मचारी तथा जनप्रतिनिधिबीच समन्वय कायम गर्दै विकास निर्माण र प्रशासनिक कामलाई गति दिने बताउनुभयो।
“जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पारदर्शी, प्रभावकारी र सहज सेवा प्रवाह गर्ने मेरो प्राथमिकता हुनेछ,” भुसालले भन्नुभयो, “मायादेवी गाउँपालिकाको समग्र विकास र सुशासनका लागि सबै पक्षसँग सहकार्य गरेर अघि बढ्नेछु।”
कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत भुसाललाई सफल कार्यकालको शुभकामना दिएका थिए। पाल्पाको रिब्दीकोट गाउँपालिकाबाट रुपन्देहीको मायादेवी गाउँपालिकामा सरुवा भएर भुसाल आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्