सुरेश परियार,वैशाख ११ गते,
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३मा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल वितरण गरिएको छ । प्रोत्साहन स्वरुप साईकल वितरण गरिएको वडा न.३का वडा सदस्य तथा न्यायिक समिति सदस्य अहमद हुसेनले जानकारी दिए ।सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयले वडागत बजेटबाट ८ जना महिला स्वास्थ्य स्वंयसेविकालाई जनही १–१ वटा साईकल वितरण गरिएको हो । साईकल पाए संगै महिला स्वास्थ्य स्वंयसेविका खुशी भएका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले सो साईकल प्रदान गर्दै महिला स्वास्थ्यस्वंयसेविकालाई प्रोत्साहन स्वरुप साईकल वितरण गरेको बताए ।मानवजिवन संग जोडिएको स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वंयसेविकाको हितमा नगरपालिकाले काम गर्दै जाने मेयर मुसलमानले उल्लेख गरे ।
कार्यक्रममा वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमानले अग्रपंक्तिमा रहेर काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको पक्षमा काम गर्दै आएको बताएका छन् ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरी,कार्यापालिका सदस्य चन्ना धोबी,वडा न.३का वडासदस्य तथा न्यायिक समिति सदस्य अहमद हुसेन,वडासदस्य साजिद खातुन,रामभवन कुर्मी लगायतको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव माहा शर्माले संञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्