शिक्षा

पर्रोहा क्याम्पसमा प्राध्यानध्यापकबिच ’अन्तरक्रिया’, प्राविधिक शिक्षालाई प्राथमिकता दिईने

सैनामैना नगरपालिका ४,स्थित पर्रोहा बहुमुखी क्याम्पसले निरन्तर रुपमा यहाँका विभिन्न सामाजिक संघसंस्था, जनप्रतिनिधी लगायत शैक्षिक संस्स्थाहरुसँग अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ । जसअन्तर्गत नगरमा रहेका माध्यमिक विद्यालयका प्राध्यानध्यापकबिच क्याम्पस सभाहलमा अन्तरक्रिया गरिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा वडा नं. ४ ,का वडाध्यक्ष रामप्रसाद अधिकारी, दुर्गा भवानी माविका तुल्सीराम शर्मा, पर्रोहा माविका प्राध्यानध्यापक बल बहादुर केसी,रामापुर माविका प्राध्यानध्यापक कृष्ण पौडेल, सैनामैना पश्चिम पर्रोहा माविका प्राध्यानध्यापक नेत्र पुरी, प्रभात आवसी माविका अनन्तराम शर्मा,सुनगाभा माविका तिलब केसी, शिशैमाविका गुणनिधी घिमिरे र सञ्चालक समितिका उपाध्यक्ष मिन प्रसाद पौडल लगायतले बोल्दै पलिकाभित्र गुणस्तर शिक्षालाई कायम गर्दै नगरलाई एक शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले सैदान्तिक शिक्षासँगै प्राविधिक शिक्षालाई पनि प्रथामिकता दिनुपर्ने बताए ।

साथै विद्यालयका प्राध्यानध्यापकहरुले क्याम्पसको समग्र विकासका लागि एक जुट भएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।क्याम्पस प्रमुख डा. तारा प्रसाद गौतमले प्लस टु उत्र्तीणपछि स्नातक तह अध्ययन गर्नका लागि विद्यालयहरुले यस क्याम्पसमा अध्यापन गर्नका लागि सुझाउनुपर्नेमा जोड दिदैँ यस क्याम्पसको शैक्षिक गतिविधिबारे विद्यार्थीहरुमाझ पुराउनुपर्ने बताउनुभयो ।

उहाँले क्याम्पसलाई यस क्षेत्रकै नमुना क्याम्पसको रुपमा विकास गर्न आफु लागि परेको बताउनुभयो ।क्युएए फोकल पर्सन हेमचन्द्र शर्माले क्याम्पको समग्रस्थितबारे प्रकाश पार्नुभएको थियो भने प्राध्यापक जगन्नाथ गौतमले शैक्षिक गतिविधीबारे जानकारी गराउनुभएको थियो ।सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा सञ्चालक समितिका उपाध्यक्ष मिन प्रसाद पौडेलको स्वागत एवम् क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार