मनोरन्जनमुख्य समाचार

जनताले समस्या पर्दा पुकार्ने भनेकै प्रहरी हो : प्रहरी व.उपरीक्षक ज्ञवाली

सुरेश परियार,असोज ३० गते ।लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र,बुटवलमा ७१औँ प्रहरी दिवस विविध कार्यक्रमका साथ शुक्रबार मनाइएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र,बुटवलका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको सोे कार्यक्रममा प्रहरी अधिकृत,पूर्वप्रहरी कर्मचारी,अमर प्रहरीका परिवार तथा अन्य प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रहरी दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको स्मरण गर्दै आगामी कार्यदिशा कोर्न संकल्प सहित अघि बढ्ने उल्लेख गरिएको छ ।विपदमा सारथी,संकटमा छहारी ः प्रविधियुक्त नेपाल प्रहरीको स्लोगनलाई आत्मसाथ गरेको समेत बताईएको छ ।कार्यक्रममा प्रहरी संगठनको कर्तव्य,अनुशासन, जनसेवा तथा राष्ट्र र नागरिकको सुरक्षामा प्रहरीको भूमिकाका विषयमा समेत चर्चा गरिएको थियो।

कार्यक्रममा पूर्वप्रहरी कर्मचारी तथा अमर प्रहरीका परिवारको उपस्थितिले प्रहरी सेवामा समर्पित व्यक्तिहरूको योगदान र त्यागलाई सम्मानपूर्वक स्मरण गर्ने अवसर प्रदान गरेको थियो।प्रहरी दिवसले प्रहरी संगठनभित्र कर्तव्यनिष्ठा, इमानदारी, अनुशासन र जनउत्तरदायी सेवाभावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।लुम्बिनी प्रदेशभरि विभिन्न कार्यालयमा रहेका प्रहरी अधिकृत एवं कर्मचारीलाई उत्कृष्ठ कार्य सम्पादनको आधारमा सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

 

सम्बन्धित समाचार