शिक्षा

जनचेतना माविको अध्यक्षमा धर्मराज आत्रेय

सैनामैना वडा न.९ स्थित बाँसगढीमा रहेको जनचेतना माध्यमिक विद्यालयको ब्यवस्थापन समितिमा नयाँ नेतृत्व आएको ।धर्मराज आत्रेयको अध्यक्षतामा ४ सदस्यीय चयन गरिएको हो । समिति सदस्यमा कमलादेवि न्यौपाने,यमलाल गिरि,सरस्वती सुवेदी,देविमाया श्रीस र जौमाया श्रेष्ठ रहेका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना वडा न.९का वडाअध्यक्ष भानुभक्त पाण्डेले शैक्षिक क्षेत्रको विकासले मात्र मुलुक समृद्ध बन्ने तर्क गरेका छन् ।पुर्वाधारले मात्र नपुग्ने भन्दै पाण्डेले जव आम नागरिकहरु शिक्षित हुन्छन समाज आफै सभ्य अनि विकसित हुन्छ उनले भने ।

विद्यालयमा शिक्षक,अभिभावक पनि विधार्थीहरुको भविष्य बनाउन तर्फ ईमान्दार भएर लाग्नुपर्ने बताए ।अध्यक्ष पाण्डेले यस विधालयमा बाउण्ड्री लगाउने काम तत्काल सुरु गरिने बताउदै आवश्यक बजेटका लागी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

शैक्षिक उन्नयनका लागी सरकार जिम्मेवार बन्नुपर्ने सैनामैना वडा न.८का वडाअध्यक्ष बुद्धिराम चौधरी र शिक्षा शाखा अधिकृत राधा बन्जाडेले बताएका छन् ।कार्यक्रम जनचेतना माध्यमिक विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष निर बहादुर पुलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिलावती भट्टाराईको स्वागत तथा शिक्षक गणेश गैरेको संञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार