शिक्षा

आज राष्ट्रिय बाल दिवस : सुनगाभा युथ÷जुनियर रेडक्रसद्धारा सचेतना र्यालि

सुरेश परियार,भाद्र २९ गते,

आज राष्ट्रिय बालदिवस देशमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।रुपन्देहीको सैनामैनामा रहेको सुनगाभा पब्लिक माध्यमिक विद्यालयमा पनि बालदिवस एक कार्यक्रम गरि मनाइएको हो । सुनगाभा युवा तथा जुनियर रेडक्रस सोसाईटिले “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार“ भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस मनाएको विधालयका प्राधानाध्यापक तिलब के.सीले जानकारी दिए ।

सो अवसरमा बालबालिका हत्या,हिंसा,बेचबिखन, बलात्कार तथा उनिहरू माथि हुने शोषण बिरूद्धको सचेतना र्यालि भएको हो । विधार्थीले प्ले कार्ड नै बोकेर बाल श्रमिक निर्मुल पारौँ,बालविवाहको अन्त्य गरौँ जस्ता नारा लगाउदै र्यालि सैनामैनाको पुर्वपश्चिम राजमार्ग हुदै स्कुल सम्म पुगेर कोण सभा परिणत भएको थियो ।साथै सोही अवसरमा सुनगाभा स्कुलमा अध्ययनरत छात्राहरुलाई मध्येनजर गरेर सुबिधाको लागि आवश्यक पर्ने सेनेटरी प्याड भेन्डिङ मेशिन जडान तथा उद्घाटन गरिएको छ ।विना ज्ञवालीले सेनेटरी प्याड भेन्डिङ मेशिनको उद्धघाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश महासचिब लाल प्रसाद पंगेनीले मानवीय सेवामा रेडक्रस सधैव अग्रसर भएको बताएका छन् । बालबालिका भोलिका कर्णधार भएका कारण उनीहरुको रेखदेख संगै उनीहरुको बृद्धि विकास संगै अधिकारका लागी तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने कुरा औँलाए । बालबालिकालाई श्रममा होइन विधालय पठाउने बानीको विकास गर्न जरुरी भएको भन्दै महान कार्यक्रम गरेको प्रति पंगनीले धन्यवाद ब्यक्त गरे ।

सोही अवसरमा विद्यालयका प्रिन्सिपल तिलब के.सीले बालबालिको संर्वागिण विकासका लागी पढाई संगै अतिरिक्त क्रियाकलाप हुन जरुरी रहेको बताए । पछिल्लो समय कलिला बालबालिका प्रति श्रम शोषण हुदैँ गएको प्रति दुखेसो पोख्दै यसो नगरि बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नुपर्ने बताए । यिनै बालबालिकाहरुले भोलीका दिनमा देश हाक्ने तर्क गर्दै प्रिन्सिपल के.सीले अभिभावक र सरकार यो विषयमा अझै बढि संवेदशिल हुनुपर्नेमा जोड के.सीले दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद मिश्र,सैनामैना जेसिजका अध्यक्ष रामचन्द्र ढकाल,नेपाल रेडक्रस सोसाइटी पर्रोहा उपशाखाका सभापति दिनेश पौडेल,शिक्षक नायकद्धय माधव ज्ञवाली र लक्ष्मण खनाल लगायतले बोलेको शिक्षक हरि पोख्रेलले जानकारी दिए ।

 

सम्बन्धित समाचार