प्रदेश ५शिक्षा

पर्रोहा माविले मनायो ६४ औँ वार्षिकउत्सव

सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल पर्रोहा माध्यमिक विद्यालयले भव्यताका साथ ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सैनामैना – ४ मुर्गियास्थित पर्रोहा माध्यमिक विद्यालयले एक समारोहको आयोजना गर्दै आज ६४ औँ वार्षिकोत्सव मनाएको हो । साताव्यापी विविध खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले आज भव्य समारोहका बीच विद्यालयको वार्षिकोत्सव मनाईएको जनाएको छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट मेधावी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले पर्रोहा माविको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । साथै,प्रमुख शर्माले विद्यालयलाई आगामी दिनमा आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत जनाउनुभयो ।

विशिष्ठ अतिथि सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्र बहादुर कार्कीले सैद्धान्तिक शिक्षासँगै प्राविधिक शिक्षामा पनि जोड दिनुपर्ने बताउनुभयो ।अर्का विशिष्ठ अतिथि नगर शिक्षा शाखा प्रमुख हेमराज अर्यालले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिको चर्चा गर्दै आगामी दिनमा पनि विद्यालयलले आफ्नो छवि उच्च बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा समाजसेवी कृष्ण पंगेनी,शहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रमुख हेमन्त थापा,जमुना थापा लगायतले बोल्दै शुभकामना व्यक्त गर्नुभयो ।यसैगरी विद्यालयका प्रधानाध्यापक बल बहादुर केसीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको विगतदेखि वर्तमान अवस्था र भविष्यका योजना तथा लक्ष्यहरु प्रस्तुत गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नं. ४ का वडाध्यक्ष राम प्रसाद अधिकारीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराउनुभयो ।अधिकारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तरलाई बढाउनका लागि सम्वन्धित निकायको सहयोग आवश्यक पर्ने औल्याउनुभयो ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद भट्टराईको स्वागत तथा शिक्षक धन प्रसाद रानाको सञ्चालनमा सम्पन्न भएको हो । सो अवसरमा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी, शिक्षक, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक, लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थी एवम् शिक्षकहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित समाचार