मुख्य समाचारशिक्षा

मायादेवि–१का दलित,जेहेन्दार छात्रालाई पोशाक र झोला वितरण,विधार्थी हर्षित

मायादेवि गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले शैक्षिक क्षेत्रको विकास नहुदाँ सम्म समृद्धिको परिकल्पना गर्न नसक्ने बताएका छन् । गुणस्तरीय शैक्षिक पठनपाठन सगै मेधावी विधार्थी उत्पादनमा मायादेवि अग्रसर हुदैँ आएको तर्क गर्दै भौतिक पुर्वाधार सुधार सहित शिक्षक ब्यवस्थापनमा समेत गाउँपालिकाले उल्लेखीय प्रगति गरेको अध्यक्ष चौधरीले बताए ।आर्थिक रुपमा कमजोर दलित छात्राहरुलाई पढाईप्रति उत्प्रेरणा जगाउँन वडाले गरेको कार्यक्रम प्रशंसनिय भएको मुक्तकण्ठले प्रशंसा गर्दै शैक्षिक क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्दै जाने बताए ।

रुपन्देहीको मायादेवि गाउँपालिका वडा न.१का दलित तथा जेहेन्दार विधार्थीहरुलाई स्कुल पोशाक तथा झोला वितरण गरिएको छ ।दलित तथा जेहेन्दार विधार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले स्कुल सामाग्री वितरण गरिएको आयोजकले जनाएको हो ।वडा न.१मा रहेका ३ वटा सामुदायिक तथा एक धार्मिक मधरसा विधालयका १०२ जना दलित तथा जेहेन्दार छात्राहरुलाई एक सेट ड्रेस र झोला गरि करिब २ लाख बराबरको सो सामाग्री वितरण गरिएको हो ।

सोही अवसरलाई सम्बोधन गर्दै मायादेवि गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले शैक्षिक क्षेत्रको विकास नहुदाँ सम्म समृद्धिको परिकल्पना गर्न नसक्ने बताएका छन् । गुणस्तरीय शैक्षिक पठनपाठन सगै मेधावी विधार्थी उत्पादनमा मायादेवि अग्रसर हुदैँ आएको तर्क गर्दै भौतिक पुर्वाधार सुधार सहित शिक्षक ब्यवस्थापनमा समेत गाउँपालिकाले उल्लेखीय प्रगति गरेको अध्यक्ष चौधरीले बताए ।आर्थिक रुपमा कमजोर दलित छात्राहरुलाई पढाईप्रति उत्प्रेरणा जगाउँन वडाले गरेको कार्यक्रम प्रशंसनिय भएको मुक्तकण्ठले प्रशंसा गर्दै शैक्षिक क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्दै जाने बताए ।

कार्यक्रममा मायादेवि गाउँपालिकाका शिक्षा शाखा अधिकृत नारायण प्रसाद लामिछानेले आर्थिक कमजोर भएका विधार्थीलाई पालिकाले आर्थिक सहयोग गर्दै आएको बताएका छन् । पढाईमा तगडा तर आर्थिक कमजोर ति जेहेन्दार विधार्थीहरुलाई गाउँपालिकाले अनुभुति दिने गरि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सरकारको निति अनुसार अनिवार्य निशुल्क शिक्षा भएका कारण आफना बालबालिकालाई अभिभावकहरुले विधालय पठाउन प्रोत्साहन गर्नपर्ने बताउदै अधिकृत लामिछाने सरकारले दिएको सुविधालाई उपभोग गर्न आग्रह गरे । संस्थागत सुधार गर्न पालिका लागी पर्ने बताउँदै शैक्षिक उन्नयनमा सवै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिदैँ कुनै समस्या भए पालिका आउन विधालयलाई अपिल समेत गरे ।

विगत देखि नै शिक्षा सुधारका लागी परेको मायादेवि वडा न.१का वडाअध्यक्ष पल्टु लोधले बताएका छन् । विधार्थीहरुको अभिभावक बन्न जनप्रतिनिधी तयार भएको भन्दै आर्थिक कमजोर भएका विधार्थीहरुलाई सरकारले सहयोग गरि विधालय सम्म पुर्योउने वातावरण सिर्जना गर्ने अध्यक्ष लोधले बताए ।

जनजागृति माध्यमिक विद्यालय धमौलीमा सोमबार भएको कार्यक्रममा विद्यालयका प्राधानाध्यापक तथा विधार्थीहरु बोल्दै आगामी दिनमा यि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रमको संञ्चालन वडा न.१का वडासचिब रामकिशुन दुसादले गरेका थिए ।

सम्बन्धित समाचार