पाल्पाको रिब्दीकोट २, लघुवामा भएको बस दुर्घटना १० जनाको मृत्यु भएको छ ।तानसेन तम्घास सडक खण्डको लघुवामा बाग्लुङ्गगबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नंम्बरको बस दुर्घटनामा परेको हो ।बसमा करिब २२ जना सवार रहेको बताईएको छ ।
स्थानीयका अनुसार १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जनाको उद्धार प्रयास भईरहेको छ ।स्थानिय र प्रहरीको टोलीले उद्धारलाई जारी राखेका छन ।बस सडकबाट करिब ७ सय मिटर तल खसेको स्थानिय रञ्जीब कुवाँरले बताएका छन।
प्रतिक्रिया दिनुहोस्