SKIP THIS

Sarwajanik
मुख्य समाचार

यसरी मनाईयो सिद्धलेकमा धान दिवस

धादिङ,१५ असार ।
आज असार १५,धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई महोत्सवगरी धान दिवस मनाएको छ । ‘धान उत्पादनमा वृद्धि,आत्मनिर्भ र समृद्घिको’ भन्ने नारा सहित सोमबार सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङ सैमतीमा बाजा गाजा सहित रोपाइँ महोत्सव मनाएको हो ।

औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सबमा धादिङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीले नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानको आत्मबल बढाउने गरेको बताउनुभयो । त्रिपाठीले धान खेतिको उत्पादनमा अझै बृद्घि गर्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले धानको उत्पादकत्व बढाउन सकिने प्रशस्त सम्भावना समेत रहेको भन्दै कृषिनै देश बिकासको आधार भएको बताउनुभयो ।

कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमला शर्मा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । सिद्धलेक गाउँपालिकाको गरु योजना अनुसार ६४४.१५ हेक्टरमा धान खेती गरी २५१९.३८ मेट्रिक टन उत्पादन रहेको कृषि विकास शाखा प्रमुख छविलाल गुरुङले बताउनुभयो ।गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य भुमि त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल,गापा उपाध्यक्ष कमला शर्मा,बिभिन्न शाखा प्रमुख तथा कर्मचारीहरु तथा स्थानीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार