सैनामैना प्रेस क्लब गठन भएको छ । सैनामैना क्रियाशिल पत्रकारहरुको भेलाले केही दिन अघि गठन भएको सैनामैना प्रेस क्लबको अध्यक्षमा दिपक न्यौपाने,वरिष्ठ उपाध्यक्षमा टिकाराम खराल,उपाध्यक्षमा खिम बहादुर खड्का,महासचिवमा सुरेश परियार,सचिबमा बिमल गैरे,कोषाध्यक्षमा अम्बिका दर्जि,सदस्यहरुमा शिव सुवेदी, राजन गौतम,प्रदिप ज्ञवाली,निश्चल ज्ञवाली,सन्दिका बन्जाडे चयन भएका छन् ।
सो क्लबले आज सैनामैना नगरपालिकामा दर्ता प्रमाण पत्र र प्यान जारी गर्दै आधिकारिता प्राप्त गरेको छ ।सैनामैना नगरपालिकामा दर्ता भएको सैनामैना प्रेस क्लबले प्यान कार्ड नगरबाट प्राप्त गदैै क्लबका अध्यक्ष दिपक न्यौपानेले संस्थागत विकास गर्ने बताए ।अध्यक्ष न्यौपानेले स्थानीय सरकार र सञ्चार क्षेत्रको सहकार्यले नागरिकलाई सुसुचित मात्र बनाउँदैन बरु स्थानीय निकायमा अपनत्व जगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्