प्रदेश ५

जनताको सारथी बन्दै बुटवल–१५

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न.१५ जनताको सारथी बन्दै अघि बढेको छ । निर्वाचित भएर आएपछि वडाअध्यक्ष शिव रानाको नेतृत्वमा रहेको टिमले जनताको मर्म अनुरुप काम गरेको पाईएको हो ।पुर्वाधार विकास संगै मानवीय विकासमा समेत काम गर्दै अघि बढेका जनप्रतिनिधीले आज फरक क्षमता भएका एक किशोरीलाई व्ह्ीलचियर वितरण गरेका छन् ।

वडा कार्यालयको पहल तथा रोटरी क्लबले सहयोग स्वरुप प्रदान गरेको व्ह्ीलचियरलाई वडाअध्यक्ष शिव राना सहितको टिमले वडा न.१५उजेलापुर बस्ने वर्ष १४की फरक क्षमता भएकी सन्ध्या दर्जीलाई हस्तान्तरण गरेको हो ।फरक क्षमता भएका व्यक्तिहरुको हितमा सधै काम गर्दै अघि बढेको वडाअध्यक्ष शिव रानाले उल्लेख गरे ।

 

सम्बन्धित समाचार