संविधान दिवस : कलौनीका विधार्थीले नेपालको नक्सा कोरेरै मनाए

असोज ३ अर्थात आज संविधान दिवस देशमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको छ । रुपन्देहीको सैनामैनामा रहेको कलौनी कान्तिपुर बोर्डिङ स्कुलका विधार्थीहरुले नेपालको नक्सा कोेरेर संविधान दिवस मनाएका हुन् ।विधार्थीहरुले कालापानी,लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्सा विधालयमा कोरेर राष्ट्रिय भाव प्रदर्शन गरेका छन् ।

विधार्थीहरु भोलीका कर्णधार भएका कारण देशलाई हाक्न र संरक्षण गर्नुपनि दायित्व कर्णधारकै भएको विधालयका प्रचार्य सुनिल पोख्रेलले जानकारी दिए ।प्रचार्य सुनिल पोख्रेलले अतिरिक्त क्रियाकलाप संग शैक्षिक शिक्षण उत्कृष्ट हुने यस विधालयमा देशको समसामाहिक विषय र राष्ट्रिय दिवसप्रति विधार्थीरुलाई जागरुक गराउनु आजको आवश्यकता रहेको कुरा औँल्याए ।

सम्बन्धित समाचार