बुटवल–१२द्धारा खेलकुद सामाग्री वितरण,स्थानीय खेलाडी हौँसिए

सुरेश परियार,
खेलकुदको विकासमा बुटवल उपमहानगरपालिका वडा न.१२ले चासो दिएको छ।स्थानीय खेलाडीहरुलाई खेलप्रति प्रेरित गर्न वडाले खेलकुद सामाग्री आज वितरण गरेको वडा सदस्य विष्ण थापाले जानकारी दिए ।

बुटवल वडा न.१२का वडाअध्यक्ष डिल्ली प्रसाद शर्माले वडामा रहेका केही क्लब,स्थानीय युवा खेलाडीहरुलाई भलिबल,फुटबल,क्रिकेटका सामाग्री,कँराते लगायतका खेलकुद सामाग्री प्रदान गरेको उल्लेख गरे ।खेलकुदको माध्यमबाट समाज संगै राष्ट्रको नाम विश्वमाँझ चिनाउन सकिने भन्दै श्रीबृद्धिका लागी तिनै तहको सरकारले चासो दिनुपर्ने बताए । साथै,आगामी दिनमा समेत वडाले खेलकुदका विभिन्न सामाग्री वितरण गर्दै जाने विश्वास वडाअध्यक्ष शर्माले दिलाए ।खेलकुद सामाग्री पाए संगै खेलाडी खुशी भएका थिए ।

सम्बन्धित समाचार