सुरेश परियार,भाद्र २२ गते,
नेकपा एमालले पार्टि प्रवेश कार्यक्रमलाई तिव्रता दिएको छ । सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा संघको चुनाव घोषणा गरे संगै प्रव्रेश कार्यक्रमलाई तिव्रता दिएको एमालेका युवा नेता सन्दीप गुप्ताले जानकारी दिए ।
गैडहवा गाउँपालिकाका संस्थापक अध्यक्ष तथा जनता समाजवादी पार्टि नेपालका गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटलाई नेकपा एमाललेका सचिब छविलाल विश्वकर्मा,नेकपा एमालेका प्रमुख सचेतक तथा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराई,नेकपा एमालेका प्रमुख सचेतक तथा लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकाल,एमाले युवा नेता तथा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल,एमाले युवा नेता सनोज कुमार यादव,एमाले युवा नेता नर बहादुर घर्ति मगरलगायतले एमाले पार्टि प्रवेश गरेका हुन् ।
पार्टि प्रति असन्तुष्टि जनाउँदै केवट एमालेमा प्रवेश गरेका हुन् । पछिल्लो समय एमालेले पार्टि प्रवेशलाई निरन्तरता दिदैँ जादाँ रुपन्देही क्षेत्र न.५मा बलियो हुदैँ गएको अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्