स्यावासको पात्र बन्दै दुम्कीबासका ईन्स्पेक्टर गुप्ता,अवैध सामाग्री नियन्त्रण देखि लागुऔषध बरामद सम्म

छोटो समयमा नै सुरक्षा ब्यवस्था कसिलो बनाएको भन्दै प्रहरी निरिक्षक रामनारायण गुप्ता विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय बासीको नजरमा स्यावासको पात्र बनेका छन् । उत्कृष्ट कार्य गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत गुप्ता सम्मानित भइसकेका छन् ।

सुरेश परियार,साउन १० गते,
नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा हुने अनैतिक क्रियाकलापलाई निरुसाहित पार्न प्रहरी निरिक्षक रामनारायण गुप्ता विशेष रणनितिका साथ अघि बढेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट सरुवा भई इलाका प्रहरी कार्यालय दुम्कीबासको प्रमुखमा आएका प्रहरी निरिक्षक गुप्ताले अवैध हुने गतिविधीलाई नियन्त्रणमा लिई आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाएको पाइएको छ ।

सरुवा भई आएको तिन महिनामा प्रहरी निरिक्षक रामनारायण गुप्ताको कमाण्डमा खटिएको टोलीले भन्सार छलि गरि ल्याएका सामाग्री नियन्त्रण,मापदण्ड विपरित खोलाजन्य पदार्थ ओसार पोसार गर्ने सवारी साधन र लागुऔषध बरामद जस्ता साहसिक काम गरेको पाइएको छ ।

खासमा यो क्षेत्र भारतीय सिमा नाका संग जोडिएकाले ३ महिनामा भन्सार छलि गरि ल्याएको १९ लाख बराबरको सामान बरामद गरिएको छ । बरामद सामाग्री अन्र्तगत कस्मेटिक सामाग्री,कपडा,हार्डवेयर सामाग्री,मोबाईल सेट,चिनी लगायत सामाग्री रहेका छन भने बरामद गरिएका ति अवैध सामाग्री आवश्यक कार्वाहीका लागी भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरी निरिक्षक गुप्ताले जानकारी दिए ।

यस्तै,अवैध रुपमा खोलाजन्य पदार्थ उत्खनन् तथा ओसारपोसारमा प्रयोग भएका ट्याक्टर र टिप्पर गरि ५१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना स्वरुप रु.९ लाख भन्दा बढि राजश्व संकलन भएको छ ।यसैगरि नाईट्राभेट,स्पाष्मो र फेनारागन,नुफिन जस्ता लागुऔषध सहित ४ जना प्रतिवादलाई नियन्त्रणमा लिई मुद्धा चलाइएको छ ।

छोटो समयमा नै सुरक्षा ब्यवस्था कसिलो बनाएको भन्दै प्रहरी निरिक्षक रामनारायण गुप्ता विनयी त्रिवेणी गाउँपालिकाका स्थानीय बासीको नजरमा स्यावासको पात्र बनेका छन् । उत्कृष्ट कार्य गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयबाट समेत गुप्ता सम्मानित भईसकेका छन् ।

 

सम्बन्धित समाचार