सुरेश परियार,साउन ९ गते,
रुपन्देहीको रुद्रपुरबाट अबैध सालको काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरिक्षक राजाराम यादवको कमाण्डमा खटिएको टोलिले कंञ्चन वडा न.५,डाडाँलाइनबाट अबैध सालको काठ नियन्त्रणमा लिएको हो ।
लुकाइ छिपाइ राखेको अवस्थामा बजार मुल्य रु.२ लाख १० हजार पर्ने ४२ क्यूफिट सालको (गोलिया) काठ फेला पारेको प्रहरी निरिक्षक यादवको भनाई छ ।बरामद गरिएको काठलाई आवश्यक कारवाहीको लागि सम्बन्धीत निकाय पठाइएको हो ।कंञ्चन गाउँपालिकामा हुने अनैतिक क्रियाकलापका विरुद्ध प्रहरी निरिक्षक राजराम यादव कडा रुपमा प्रस्तुत भएका छन भने विशेष योजनाको प्रहरी तैनाथ भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्