स्वास्थ्यसमाचार
प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले बाँधेर राखिएका पाल्पा रिब्दिकोट गाउंपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरेका छन ।
पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय शिव कुमाललाई मानव सेवा आश्रम बुटवलमा ल्याईएको छ। लामो समय देखी साङलो ले बाँधेर राखेका बालकको उपचार सुरु गरिएको हो।
पाल्पाको जैथुममा अपांगता हुनुको कारण पत्ता लगाउनका लागी पानीको मुल परिक्षण, मानिसको आहार ब्यहार, सामाजिक रितिरिवाज लगायतको बिषयमा गहन अध्ययन गरीने मन्त्री बरालले बताए। उनले आगामी दिनमा अपांग बच्चा नजन्मने स्थिती पैदा गर्ने, सबैलाई सचेत बनाउने र हाल अपांग भएका ब्यक्तीहरूलाई सहयोग गर्दै सहज जिवनयापनका लागी सहयोग गर्ने वातावरण बताउने बताए।
#रुरु नेटबर्कको सहयोगमा

			
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया दिनुहोस्