प्रदेश ५समाचार

स्वच्छ कंञ्चन बनाउन श्रमदानमा निस्किए अध्यक्ष र उपाध्यक्ष

स्वच्छ तथा हरावरा कंञ्चन बनाउने अभियान सहित गाउँपालिका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगर श्रमदानमा निस्किएका छन् । कंञ्चन गाउँपालिकाका युवाहरुको सक्रियतामा फारलाइन सडक खण्ड देखि हरैया सम्म जाने मार्गमा रहेका झाडीलाई सफा गर्न स्थानीय संग अध्यक्ष ढकाल ,उपाध्यक्ष थापा र कंञ्चन वडा न.४का वडाअध्यक्ष मधु सापकोटा,कार्यापालिका सदस्य,वडासदस्य लगायतको उपस्थिति रहेको छ । करिब ११ कि.मी सम्म झाडी सरसफाई अभियान आज देखि सुरु भएको हो ।

सो सडकखण्डमा औधी झाडी भएका कारण कुनैपनि बेला सडक दुर्घटना हुने अथवा जंगली जनावरले आक्रमण गर्न सक्ने भएका कारण सरसफाई गरिएको गाउँपालिका अध्यक्ष नवराज ढकालले जानकारी दिए ।साँच्चिकै गाउँपालिकालाई पर्यावरणीय रुपमा स्वच्छ राख्न आफनो ठाउँको फोहोरलाई ब्यवस्थापन गर्न जरुरी भएको भन्दै गाउँपालिकाका हरेक गतिविधिमा गाउँबासीको सहभागिता हुन जरुरी रहेको कुरा औँल्याए । जनताका आधारभुत आवश्यकता संगै विकास निर्माणमा गाउँपालिका प्रतिबद्ध भएको भन्दै अध्यक्ष ढकालले आफनो ठाउँ आफै बनाउन भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्न आग्रह गरे ।

सम्बन्धित समाचार