Uncategorizedमुख्य समाचारसमाचार

घर हस्तान्तरण गर्यो नयाँबस्ती टिमले

टिम नयाँबस्तीको पहलमा तयार भएको घर आज हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिका वडा नं. १ नयावस्तीमा जंगली हात्तिले भत्काएको अमर बहादुर चेपाङको घर आज एक कार्यक्रमको आयोजना गदै हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेश सांसद कृष्ण खनालको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण गरिएको टिम नयावस्तीका अध्यक्ष निरज खनालले बताउनु भयो । गत साउन १७ गते जंगली हात्तिको कारण चेपाङको घर भत्किएको थियो । केहि दिन आफ्नो छोरा पर्नेको आश्रयमा बस्नु भएको थियो । कार्यक्रममा बोल्दै नेकपा राप्ती इन्र्चान मान बहादुर स्याङबोले जंगली जनावरको आक्रमणको कारण स्थानियले दिनदिनै दुख भोग्नु परेको बताउनु भयो ।

कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शमशेर लामाले युवाले यस किसिमको काममा देखाएको चासोको खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि , राप्ती नगरपालिकाका उप प्रमुख इमानसिह लामाले आफुले आफ्नो मासिक तलब बाट सामाजिक सेवामा खर्च गर्ने क्रममा चेपाङको घर बनाउन लागी परेको बताउनु भयो । अहिले सम्म उहाले ५ जनाको घर बनाउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद कृष्ण खनालले युवाको सक्रियतामा भएको काम उदारहणिय रहेको बताउनु भयो ।

यो अभियानलाइ निरन्तरता दिनको लागी उहाले आग्रह समेत गर्नु भएको छ । राप्ती नगरपालिका वडा नं. १ का वडा कमिटी अध्यक्ष विमलकान्त डल्लाकोटी , जनशक्ति सामुदायिक बन समितीका अध्यक्ष निर्मल कुमार श्रेष्ठ, राष्ट्रिय आधरभुत विद्यालयका अध्यक्ष लेखनाथ खनाल, राप्ती नगरपालिका वडा नं. १ र २ नेकपा वडा इन्र्चाज रामजी कडेल समाजसेबी युबा निर्देशन त्रिपाठी , लगायतकाको उपस्थिती रहेको थियो । टिम नयाबस्तीले करिब साढे २ लाख रुपैयाको लागतमा चेपाङको घर निर्माण गरेको हो । राप्ती नगरपालिकाका उप प्रमुख इमानसिह लामाले एक लाख साठ्ठि हजार रुपैया तथा विदेश तथा स्वदेशमा रहेका नेपालीहरुको सहयोगमा घर निर्माण भएको हो । टिम नयावस्तीका समुहले भने करिब एक महिना श्रमदान गरेको अध्यक्ष खनालले बताउनु भयो ।

सम्बन्धित समाचार