मुख्य समाचार

सैनामैना होटल संघको नेतृत्व कस्ले हाँक्ला?आन्तरिक लबिङ्ग सुरु,दौड्धुप तिव्र

सुरेश परियार,असार २ गते । सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागी चुनावी सरगर्मी अघि बढेको छ । संघको छैठौँ साधारण सभा तथा चौथो अधिवेशन आगामी असार २८ गते गर्ने गरि मिति तय भए संगै चुनावी तयारी भैरहेको संघका महासचिब गोविन्द खरेलले जानकारी दिए ।

संघको नेतृत्वको लागी आकांक्षीहरुले आन्तरिक लबिङ्ग,भेटघाटलाई तिव्रता दिएका छन् ।२७० सदस्य रहेको संघको अध्यक्ष पदका लागी गोविन्द खरेल,माया केसी,पुण्य प्रसाद भट्टाराई र श्याम अधिकारी आकांक्षीको रुपमा देखिएका छन् ।उनीहरुले नेतृत्व आफनो पोल्टमा पार्न कसरत गरिहेका छन् । सर्वसम्मत नभए चुनावमा जाने गरि संघले तयारी थालेको हो । चुनाव सम्पन्न गर्न संघका प्रमुख संरक्षक ढुण्डीराज न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनेको छ ।

व्यवसायीहरु भन्छन थलिएको होटल व्यवसायलाई जुरुक्क उठाई संस्थागत हितमा काम गर्ने उम्मेद्धवारलाई मात्र स्विकार्ने छौँ । सैनामैनामा होटल व्यवसायी साँच्चीकै धरासय बन्दै गएको छ । ४३० सदस्य रहेको यस संघमा हाल २७० सदस्य रहेका छन् ।तिनै तहका सरकार संग समन्वय र सहकार्य गरि व्यवसायीक श्रवृद्धिका लागी योग्य नेतृत्व आउनुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार