कञ्चनको प्रमुख प्रशासकीय अधिकृतमा माधव पोख्रेल

रुपन्देहीको कञ्चन गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा माधवप्रसाद पोख्रेल हाजिर भएका छन्।नेपाल सरकारले कर्मचारी हेरफेर गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृतको रुपमा माधवप्रसाद पोख्रेललाई खटाएको हो । नवआगन्तुक पोख्रेलले बिहिबारबाट गाउँपालिकामा आफनो सेवा प्रारम्भ गरेको जनाइएको छ ।

लामो समयदेखि रुपन्देहीको तिलोत्तम नगरपालिकामा रहि कुशलतापुर्वक आफनो जिम्मेवारी समाल्दै आएका पोख्रेल अन्तत् कञ्चन गाउँपालिकामा खटिएका छन् ।सेवा आरम्भ गर्दै नवप्रमुख प्रशासकीय अधिकृत पोख्रेलले कानुनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।गाउँकार्यापालिका र मातहात रहेका कार्यालयबाट आमजनतालाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध गाउँपालिका बनाउन जनप्रतिनिधी,विभिन्न राजनितिक दल,नागरिक समाज,क्लब र नगरबासीको साथ र सहयोगको समेत पोख्रेलले अपेक्षा गरे ।नवप्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बिलम्ब नगरि जनतालाई सेवा प्रवाह गर्न मातहात कर्मचारीलाई निर्देशन दिएका छन् ।

एक कार्यक्रमका विच पालिकाका प्रमुख नवराज ढकाल,उपाध्यक्ष मौसमी थापा मगर,पालिका प्रवक्ता चित्रलाल तुलाचन,वडा न.१का वडाअध्यक्ष हरिनारायण चौधरी,वडा न.२का वडाअध्यक्ष टेक बहादुर गुरुङ्घ,वडा न.३ वडाअध्यक्ष टिकाराम सापकोटा,कार्यापालिका सदस्यहरु,अन्य कर्मचारी लगायतको उपस्थितिमा नवप्रमुख प्रशासकीय अधिकृत पोख्रेललाई स्वागत गरेका छन् ।कार्यक्रम भने पालिकाका प्रशासन शाखा प्रमुख गिरिाज अर्यालले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार