मुख्य समाचार

मायादेवीका ८३ महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन, ६० वर्षपछि आजीवन सुविधा

मायादेवी गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको सम्मान गर्दै ८३ जनालाई पेन्सन योजनामा सहभागी गराउने भएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ मा यस कार्यक्रमका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। योजनाअन्तर्गत प्रत्येक स्वयंसेविकाका लागि गाउँपालिकाले मासिक एक हजार पाँच सय रुपैयाँ नागरिक लगानी कोषमा जम्मा गर्नेछ।

गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले समुदायको स्वास्थ्य सेवामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका स्वयंसेविकाहरूको भविष्य सुरक्षित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो। उहाँले उनीहरूको योगदानको सम्मान र सामाजिक सुरक्षाका लागि पेन्सन कार्यक्रम अघि बढाइएको उल्लेख गर्नुभयो।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले कार्यक्रमले स्वयंसेविकाहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जानकारी दिनुभयो।नागरिक लगानी कोषको नागरिक पेन्सन योजनाअन्तर्गत निर्धारित मापदण्ड पूरा गरी ६० वर्ष उमेर पुगेपछि आजीवन पेन्सन सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ।

गाउँपालिकाको आयोजना तथा नागरिक लगानी कोष बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा कोषका प्रमुख तथा उपनिर्देशक कुमार श्रेष्ठ र अधिकृत शंकर अधिकारीले योजनाबारे जानकारी गराउनुभएको थियो।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आगामी मंसिर १८ गते पेन्सन योजनाको औपचारिक शुभारम्भ गर्ने गाउँपालिकाको तयारी छ।

सम्बन्धित समाचार