Uncategorizedखेलकुदप्रदेश ५

सहिदको सम्झनामा तिलोत्तममा पाँचौ सन्जिवनी फुटबल प्रतियोगिता हुदैँ

रुपन्देहीको तिलोत्तममा पाँचौ सन्जिवनी नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।देशभरिका सहिदहरुको सम्झनामा पाँचौ संस्करणको रुपमा सन्जिवनी युवा क्लबले सन्जिवनी नकाउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।आज पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष अर्जुन क्षेत्री(हापु)ले यहि माघ १६ गते देखि फाल्गुन २ गते सम्म सो प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

स्वस्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद भन्ने नारालाई साकार पार्न सहिद दिवस माघ १६ गते देखि नै फुटबल प्रतियोगिता गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए ।स्थानीय स्तरमा रहेका खेलाडीहरुको प्रतिभालाई प्रस्फोट गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सन्जिवनी नकाउट फुटबल प्रतियोगिताले भुमिका खेल्ने विश्वास समेत लिए ।

पाँचौ सन्जिवनी नकाउट फुटबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको खेल संयोजक खिम बहादुर थापाले जानकारी दिएका छन् ।प्रतियोगितामा प्रथम हुने टिमले नगद राशी रु.१ लाख ११ हजार १ सय ११,द्धितिय हुने टिमले नगद राशी रु.५५ हजार ५ सय ५५ शिल्ड,मेडल र प्रमाण पत्र पाउने छन भने विभिन्न ब्यक्तिगत विधाका पुरस्कार समेत प्रदान गरिने खेल संयोजक थापाको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ७ लाख भन्दा बढि खर्च लाग्ने आर्थिक संयोजक ईन्द्र कुमार थापाले जानकारी दिए । तिलोत्तममा नगरपालिका र विभिन्न ब्यवसायिक प्रतिष्ठानबाट आर्थिक ब्यवस्थापन गरिएको समेत उल्लेख गरे ।तिलोत्तममा वडा न.१४ बागधुरा देविनगरमा स्थित क्लबको आफनै खेलमैदानमा सो प्रतियोगिता हुदैँछ ।उद्घाटन सत्र दिउँसो २ बजे देखि सुरु हुनेछ ।

सन्जिवनी नकाउट फुटबल प्रतियोगिताको साविक प्रथम विजेता डिएम्सी तुल्सीपुर,द्धितिय न्यु सिर्जना क्लब करौँचीया,तृतिय लुम्बिनी खुकुरी क्लब बेलहिया र चौँथो योङ्घ स्टार क्लब मोडाहा रहेका छन् ।

सम्बन्धित समाचार