मुख्य समाचार

प्रभातका विधार्थी सिर्जनशिल बन्दै,रोबर्ट बनाएर चकित पारे

सुरेश परियार,

रुपन्देहीको सैनामैनामा अवस्थित प्रभावत आवसीय माध्यमिक विद्यालय शिक्षण संगै अतिरिक्त क्रियाकलापमा अब्बल मानिँदै आएको छ ।विधालयमा अध्ययन गर्ने विधार्थीहरुलाई ब्यवहारिक ज्ञान दिन प्रयोगात्मक शिक्षा पद्धतिलाई समेत उच्च प्राथमिकता दिइएको छ । विधार्थीहरुको सर्वाङगिण विकासका लागी यस विधालयले विभिन्न ब्यावसायिक शिक्षा विकासको अवधारणलाई तिव्रता दिन विज्ञान सम्बन्धी तालिम दिदैँ आएको छ ।

शनिबार यस विधालयमा अध्ययन गर्ने विधार्थीहरुले बनाएका विज्ञानका सामाग्री प्रर्दशन गरेका छन् ।रोवटीक्स एसोसियसन अफ नेपालको प्रशिक्षणमा भएको रोवटीक्स वर्कशप तालिमबाट विभिन्न रोबर्ट बनाएका छन् । विधार्थीहरुले अटोमेटिक चल्ने कार,पानीबाट बोल्ने लाइट,थ्रि डि प्रिन्टर,ड्रोन,रिमोट जस्ता विज्ञानका सामाग्री बनाएका थिए । विधालयका कक्षा ७ देखि १० सम्मका विधार्थीहरुले सो रोबट बनाएका थिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले विद्यार्थीहरुलाई सैद्धान्तिक रुपमा सिकाएको ज्ञान व्यवहारिक रुपमा समेत उतार्न विद्यालयले गरेको काम उदाहरणीय भएको बताए ।ईन्जिनियरिङ संगै आईटीको विकासमा समेत विधार्थीहरुको चासो हुनुपर्नेमा जोड मेयर शर्माले दिए ।

यस्तै कार्यक्रममा बोल्दै प्याप्सन केन्द्रीय सदस्य लेखनाथ पौडेलले प्रविधिको युग भएकाले आईटिको क्षेत्रमा विधार्थीहरुको रुचि हुनुपर्ने बताए । विधार्थीहरु सिर्जनशिल हुनुपर्ने बताउँदै ब्यवहार ज्ञानले दक्ष जनशक्ति उत्पादनमा टेवा दिने कुरा पौडेलले उल्लेख गरे ।

कार्यक्रममा विधालयका प्रधानाध्यापक अनन्तराम शर्माले विधालयले ब्यवहारिक र प्रयोगात्मक शिक्षा विधिलाई सधबै प्रयोगमा लिदैँँ आएको बताए । प्रविधिको क्षेत्रमा विधार्थीहरुलाई आकर्षित गर्न विधालयको लगानीमा विभिन्न आईटी सम्बन्धी तालिम गर्दै आएको शर्माले उल्लेख गरे । विद्यालयमा मात्र नभएर घरपरिवार समेत बालबालिकाहरुलाई बालमैत्री व्यवहार गनुर््पर्नेमा जोड दिए ।विधालयको कक्षाहलमा भएको कार्यक्रममा शिक्षिका मिना भण्डारीको सञ्चालन रहेको थियो ।

सम्बन्धित समाचार