देशभर आँखा पाक्ने संक्रमण फैलिईरहेको बेला रुपन्देहीमा रहेको लियो क्लब अफ सैनामैनाले सचेतनामुलक कार्यक्रम गरेको छ । आँखा पाक्ने संक्रमणबाट बच्नको लागि क्लबले लुम्बिनी भिजन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा विद्यार्थी माँझ पुगेर जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको हो ।सैनामैना –८ रामापुरमा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीका विद्यार्थीहरुलाई आँखा पाक्ने संक्रमणबाट बच्ने उपायको बारेमा जानकारी गराईएको हो ।
दृष्टि विषेशज्ञ डा.अभिषेक पाण्डेयको सहजिकरणमा भएको कार्यक्रममा सबै मिलेर आँखा पाक्ने संक्रमणलाई कम गर्न सकिने,प्रत्येक वर्ष आँखा पाक्ने समस्या भएका बिरामी आउने भए पनि यस वर्ष भने संक्रमणको रुपमा फैलिईएको र आँखाले हेरेकै भरमा आँखा पाक्ने संक्रमण नफैलिए पनि संक्रमित ब्यक्तिले प्रयोग गरेका बस्तुहरु प्रयोग गर्दा संक्रमण फैलन सक्ने भएकाले सचेत हुुनुपर्ने जोड दिईएको छ ।
लियोे क्लबका अध्यक्ष पूजा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिद्धार्थ एकेडेमीका प्रिन्सिपल भोज राज पौड्याल, विशिष्ट अतिथि लियो परिषद ३२५का एरिया चिफ लियो सुमन पौडेलले गर्नुभएको थियो ।भने, कार्यक्रम सन्चालन सचिब सम्झना खरालले गर्नुभएको कार्यक्रममा संयोजन क्लबका सदस्य मनिष खत्रीको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्