ई.प्र.का लुम्बिनीको कमाण्ड समालेका प्रहरी निरीक्षक मगराठीले ११ महिनामा विभिन्न मुद्धामा फरार रहेका १५२ जना प्रतिवादीलाई पक्राउ गरि अदालत उपस्थित गराएका छन् ।प्रहरी निरीक्षक मगराठीको कमाण्डमा खटिएको प्रहरी टोलीले सिमावर्ती क्षेत्रबाट हुनै अवैध कारोवारलाई नियन्त्रण गर्न सफल भएको छ । आ.व २०८०÷०८१ मा सो कार्यालयले भन्सार छलि गरि ल्याएको समानलाई बरामद गरि रु.१९ लाख राजश्व संकलन गरेको थियो भने आ.व २०८१÷०८२मा रु.५२ लाख ५९ हजार ७ सय ७० रुपियाँ राजश्व संकलन भएको छ । गत आ.व २०८०÷०८१ भन्दा आ.व २०८१÷०८२मा दोब्बर भन्दा बढि राजश्व वृद्धि भएको तथ्यांकले देखाएको छ ।
सुरेश परियार,साउन १२ ।रुपन्देहीको लुम्बिनीमा सुरक्षा व्यवस्था कडा हुँदा अवैध गतिविधि नियन्त्रणले तिव्रता पाएको छ ।ईलाका प्रहरी कार्यालय लुम्बिनीको कार्यालय प्रमुखमा जब प्रहरी निरीक्षक दिपक मगराठीको आगमन भयो सुरक्षा व्यवस्था कंसिलोले अपराधिक गतिविधिलाई नियन्त्रणमा लिई दोषी उपर कानुनी उपचार गराउन खरो रुपमा प्रस्तुत भएको पाईएको हो ।
ई.प्र.का लुम्बिनीको कमाण्ड समालेका प्रहरी निरीक्षक मगराठीले ११ महिनामा विभिन्न मुद्धामा फरार रहेका १५२ जना प्रतिवादीलाई पक्राउ गरि अदालत उपस्थित गराएका छन् ।जसमा लागुऔषध कसुरमा १३ जना,मानव वेचविखनमा २ जना,चोरी कार्यमा संलग्न ३७ जना,हातहतियार कसुर संलग्नमा २ जना र अन्य अभद्र व्यवहारमा रहेका छन् ।
पक्राउ गरिएका प्रतिवादीहरुलाई अदालतको फैसला अनुसार रु.५१ लाख ५९ हजार ४ सय ८६ रुपियाँ जरिवाना,२७ वर्ष ५ महिना १६ दिन कैद गरिएको सजाय सुनाईएको छ ।आ.व २०८१÷०८२ मा १४१ मुद्धा दर्ता भएकोमा प्रतिवादी भएको मुद्धा ९१ प्रतिशतले फछ्र्यौट गरिएको कार्यालयले जनाएको छ ।
यस्तै,प्रहरी निरीक्षक मगराठीको कमाण्डमा खटिएको प्रहरी टोलीले सिमावर्ती क्षेत्रबाट हुनै अवैध कारोवारलाई नियन्त्रण गर्न सफल भएको छ । आ.व २०८०÷०८१ मा सो कार्यालयले भन्सार छलि गरि ल्याएको समानलाई बरामद गरि रु.१९ लाख राजश्व संकलन गरेको थियो भने आ.व २०८१÷०८२मा रु.५२ लाख ५९ हजार ७ सय ७० रुपियाँ राजश्व संकलन भएको छ । गत आ.व २०८०÷०८१ भन्दा आ.व २०८१÷०८२मा दोब्बर भन्दा बढि राजश्व वृद्धि भएको तथ्यांकले देखाएको छ ।
पर्यटकहरुको सहजताका लागी पर्यटक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गरिएको छ । बढ्दो सवारी दुर्घटना कम गर्न चेकजाँच र सचेतनाका कार्यक्रम गर्दै आएको छ । जसमा हाल सम्म सामुदायिक साझेदारी कार्यक्रम ३३६ वटा,नागरिक सुनुवाई ४ वटा गरिएको छ ।यसबाट ५ हजार नागरिक लाभान्वित भैसकेका छन् ।लुम्बिनी साँस्कृतिक नगरपालिका संगको सहकार्यमा विपद्बाट बच्न पुर्वतयारी कार्यक्रम सञ्चालन गरिएको छ ।विगतका वर्ष गर्मीयाममा खेतमा आगजनीका घटना हुन्थ्यो तर आ.व २०८१÷०८२मा कुनै पनि आगजनीका घटना घटेनन् ।
कार्यालय परिसरमा सौन्दरीकरणलाई समेत जोड दिईएको पाईएको छ । प्रहरी निरीक्षक मगराठीकै सक्रियतामा १५० जना भन्दा बढि अट्ने अपांगमैत्री नागरिक सहायता कक्ष स्थापना,सेवाग्राहीका लागी सुविधासम्पन्न शौचालय निर्माण,क्याटिनको स्तरउन्नति, प्रहरी संगै नागरिकहरुका लागी शुद्ध तातो चिसो पानीको समेत व्यवस्था गरिएको छ । भवनमा रंगरोगन समेत गरिएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सुरक्षा चुनौतीपुर्ण भएता पनि कडा सुरक्षा व्यवस्था हुनाले हाल सम्म कुनैपनि अप्रिय घट्ना घटेका छ्रैनन् ।नागरिक संगै समाजमा शान्ति,सुरक्षा र अमनचयन कायम हुँदा नागरिकहरुले सुरक्षाको अनुभुति गर्न पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।आन्तरिक सुरक्षा दरिलो बनाउन आफु तत्पर रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दिपक मगराठीले बताएका छन् । तालुक कार्यालयको निर्देशनलाई पुर्णरुपमा पालना गर्दै नागरिकमैत्री सेवामा कटिबद्ध रहने समेत प्रहरी निरीक्षक मगराठीले उद्घोष गरे ।
प्रतिक्रिया दिनुहोस्