Uncategorized

भूतपुर्व सैनिक सैनामैनाको अध्यक्षमा पुन : काउचा

नेपाली कांग्रेस निकट नेपाल भूतपुर्व सैनिक सैनामैना नगर समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन सु.मुक्त प्रसाद काउचालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । काउचाको यो दोस्रो कार्यकाल हो ।अध्यक्ष सहित १६ सदस्यीय चयन भएको आयोजकले जनाएको छ । समितिको सचिबमा सु.होम प्रसाद पौडेल,कोषाध्यक्षमा अम्मर बहादुर खत्री,सदस्यहरुमा हरि बहादुर क्षेत्री,रुद्र बहादुर पुन,क्यु बहादुर हमाल,सिर बहादुर परियार,केशव प्रसाद अधिकारी,दुर्गा बहादुर पुन,पृथ्वी पाल पुन,उमान बहादुर थापा,बाबुराम श्रेष्ठ,ऋषिराम थापा रहेका छन् । आगामी बैठकले समितिको उपाध्यक्ष टुंगो लगाउने बताईएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य चित्र बहादुर के.सीको प्रमुख आतिथ्यता तथा कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनाल लगायतका नेताहरुको आतिथ्यता रहेको थियो । नगर अध्यक्ष सु.मुक्त प्रसाद काउचाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व जिल्ला कोषाध्यक्ष हरिहर पछाईको स्वागत तथा सचिब गोविन्द आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । पर्रोहा सामाुदायिक वनको सभाहलमा सो कार्यक्रम भएको हो ।

सम्बन्धित समाचार