जेसीआई सिदार्थ लेडी नेपालले खाध्यान्न वितरण तथा भोजन ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल जेसिआईको आधिकारिक शाखा जे सि आई सिद्धार्थ लेडी ले तिलोत्तमा ६ मा अवस्थित मोक्षधाम सेवा आस्रमलाई खाध्यान्न हस्तान्तरण गरेको हो भने मोक्षधाम सेवा आस्रमका ७७ जनाहरूलाई भोजनको ग्रहण गराएको हो ।
कार्यक्रमा बोल्दै सिनेटर तुल्सा भुसाल पाण्डेले भनीन्,”जन्मदिनको अवसरमा सामाजिक कार्यमा अग्रसर हुन पाउँदा अत्यन्तै आन्नदित महसुस गरेको छु “।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा मानव सेवा आस्रमका रीना थापाले मानव सेवा नै जिवनमा अमूल्य सेवा रहेको बताउँदै, आगामी दिनमा समेत जे सि आई सिदार्थ लेडी नेपाल सँग सहकार्य गर्न चाहाने बताए।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा जे सि आई सिद्धार्थ लेडी २०२३ का अध्यक्ष गिता गैरे बन्जाडेले मानव सेवा आस्रमले र मोक्षधाम भगवानको परीकल्पनामा निर्मीत स्थान रहेको बताउँदै, आफ्नो कार्यकालमा र त्यस पछिका समयमा पनि आस्रमका लागि सहयोग र सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरीन् ।
कार्यक्रममा जेसी आई सिद्धार्थ लेडी नेपालका निवर्तमान अध्यक्ष अनुपा पाण्डे, कानुनी सल्लाहकार रिमा न्यौपाने, महासचिव सिता गैरे बन्जाडे, उपाध्यक्ष मन्दिरा उप्रेती, सहसचिव महिमा बस्नेत, कोषाध्यक्ष अम्बिका घिमिरे, जेसीका विभिन्न पदमा रहनु भएका महानुभावको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिक्रिया दिनुहोस्