प्याब्सनको ३२ औं स्थापना दिवसको अवसरमा न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।नेपाल भरि रहेका निजि बोर्डिङ्गहरुको साझा संस्था प्याब्सन र प्याब्सनको ३२ औ स्थापना दिवसको अवसरमा देशै ब्यापी रुपमा कार्यक्रम गरिराखदा सैनामैनामा नि सैनामैना प्याब्सनले सैनामैना ८ मा रहेको सुस्त मन स्थिति बाल विधा मन्दिर रहेका बिधार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले यसरी निजि बोडिङ्गहरुको साझा संस्था प्याब्सनले यो बिधा मन्दिर छानेर सहयोग गरेको मा निकै खुसि ब्यक्त गर्नु भएको थियो, उहाले अस्कत भाई बहिनीले अध्ययन गर्ने संस्थालाई तपाइँ हामी सबै मिलेर यसलाई राम्रो गराउनुपर्दछ परिवारमा एक जना मात्रै अशक्त वा पूर्णरूपमा काम गर्न सक्ने नहुँदा परिवारलाई नै ठूलो असर पर्ने हुँदा हामीले यो विद्यालयलाई उत्कृष्ट विद्यालयको मिलेर बनाउन पर्छ। यति उति भन्दा पनि सहयोग गर्ने कामले अरुलाई सहयोग गर्न पनि सिकाउने हुँदा यस्ता कामलाई अरु संघसंस्थाले पनि सिकेर अंगाल्नु पर्ने कुरा व्यक्त गर्नुभयो ।
रुपन्देही प्याब्सनका अध्यक्ष अन्नतराम शर्माले सामाजिक उत्तरदायित्व गर्दै समाजका बृद्ध, बालबालिका र कोभिडको समयमा नगरपालिकालाई आर्थिक सहयोग र भुकम्प जादा पनि देश भरि नै प्याब्सनले सहयोगको कुरा ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रमका अध्यक्ष सैनामैना प्याब्सनका अध्यक्ष टोपलाल भट्टराईले गत वर्ष पनि स्थापना दिवस मा छैन महिनाकै १ मा रहेको अनाथ आश्रममा सहयोग गरेको कुरा पनि ध्यानाकर्षण गराउनुभयो । कलम, कापि, पेन पेन्सिल र सुइटर त्यहाका बिधार्थीलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमकमा सैनामैना नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्दिराम चौधरी, प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव कृष्ण प्रसाद शर्मा (पवन) बौद्धिक अपाङ्गता सेवा केन्द्रका अध्यक्ष शिवलाल पोखरेल, नमुना युवा क्लबका अध्यक्ष महेश अधिकार लगायतले स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको थियो।प्याब्सन सैनामैनाका कोषाध्यक्ष शुसिला शर्माको स्वागत, सैनामैना प्याब्सनका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षता र सचिव श्रवण कुमार गौतमले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्