बिश्वभरि जुनै पनि महादेश या देशका बिधालयका प्रार्थमिक अनि माध्यमिक तहको पाठ्यक्रममा ओजोन तह, जलवायू परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनेंर जानकारी दिइन्छ । हामीमध्ये पनि धेरैले ओजोन तह अनि जलवायू परिवर्तन जस्ता मुद्धाहरु बिधालयस्तरमै पढेर अनि सुनेर चाल पाएका हुनसक्छौं । संयूक्त राष्ट्रसंघका पनि बिभिन्न बिश्वव्यापी शैक्षिक प्याकेजहरु अनि पाठ्यक्रममा पनि यी मुद्धाहरु समावेश गरिएका छन् । बिश्वभरि बिभिन्न कार्यक्रमहरु हरेक बर्षको सेप्टेम्बर १६ मा ओजोन तह बचाऊ दिवस मनाइन्छ ।
यसैक्रममा सैनामैना– ४,मा रहेको प्रभात आवसीय बोडिङ्ग स्कुलले सेप्टेम्बर १६ अर्थात “अन्तर्राष्ट्रिय ओजोन तह बचाउ” दिवस मनाएको छ । दिवसका् अवसरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले ओजन तहको विनाशले पृथ्वीमा भईरहेको परिवर्तनका बारेमा विभिन्न पोष्र्टर नै बनाएर प्रर्दशन गरेका थिए ।ओजन तहको विनाशले मानवबस्तीको अस्तित्व नै समाप्त हुने हुदाँ यसको संरक्षण र जोगाई राख्न विभिन्न उपायहरु विभिन्न कक्षाहरुको प्रस्तुत गरिएको थियो ।पर्यावरणीयलाई स्वच्छ राख्नाले ओजन तहको विनाश नहुने विद्यालयका प्राचार्य अनन्तराम शर्माले बताएका छन् ।
प्रभात आवसीय स्कुलमा परिक्षाका लागी मात्र पढाई नहुने भन्दै प्राकृतिक विपत्ति र यसबाट बच्न के गर्न सकिन्छ भनेर प्रयोगात्मक अभ्यास नै गरिने भन्दै यसरी शिक्षण हुदाँ विधार्थीहरु पनि हर्षित हुने शर्माले बताएका हुन् । रुपन्देहीको विद्यालय मध्ये प्रभावत स्कुलले नविन कार्यक्रम गरि ओजन तह दिवस मनाएको शिक्षिका मिना भण्डारीले बताईन् ।प्रभात स्कुलले अध्ययापन संगै अतिरिक्त क्रियाकलापले मात्र विधार्थीहरुको सर्वाङगिण विकास हुने भन्दै शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिईरहेको कार्यक्रम संयोजक सुमित्रा पौडेलले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्