सुरेश परियार,भाद्र ४ गते,
सैनामैनाको कलौनीमा जारी तिज महोत्सवमा स्वास्थ्य शिविर पनि सञ्चालनमा आएको छ । नेपाली महिलाहरुको हरितालीका तिजका अवसर पारेर दुधराक्ष युवा क्लब र उमंङ म्युजिक प्रा.लिको आयोजना तथा जय माता दि एम्युजमेन्ट प्रा.लिको ब्यवस्थापनमा भएको महोत्सवमा दर्शकहरुका लागी निःशुल्क शिविर लागेको हो ।

क्लबका सचिब पदम पाण्डेका अनुसार भाद्र ४ गते देखि महोत्सव अवधि भरि चौराह हस्पिटलको प्राविधिक सहयोगमा सुरु भएको स्वास्थ्य शिविरमा आज सुगर परिक्षण भएको छ । करिब ४ सय जनाले आज सुगर निशुल्क सुगर परिक्षण गराएको क्लबका सचिब पदम पाण्डेले जानकारी दिदैँ भोली अर्थात भाद्र ५ गते हाजोर्नी नशा तथा मेरुदण्ड चेकजाँच गर्ने जनाइएको छ । स्वास्थ्य चेकजाँचको परिक्षण डा.मदन ज्ञवाली र डा.सुनिल चौधरीले गर्नेछन् ।
आज राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र वि.क,लोक तथा दोहोरी गायिका टिका सानु लगायत स्थानीय स्तरको कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । भने,भोली अर्थात भाद्र ५ गते आधुनिक गायिका रचना रिमाल,लोक तथा दोहोरी गायक भरत क्षेत्री,भुपराज न्यौपाने,गायिका श्यामकला भण्डारी लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ ।
महोत्सवमा करिब १ लाख बढि दर्शकहरु भित्रिने अनुमान गरिएको छ भने महोत्सवमा बिक्रि भएको प्रति टिकट बापत रु.१ रुपियाँ सामाजिक क्षेत्रमा खर्च गरिने बताइएको छ ।सैनामैना वडा न.६ स्थित कलौनी बजारमा सो महोत्सव भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्