सुरेश परियार,
सैनामैना नगरपालिका वडा न.६का नवनिर्वाचित जनप्रतिनिधीले चुनावको बेला गरेको वाचा लाई कार्यान्वय गर्दै अघि बढेका छन् । चुनावका बेला अशक्त,जेष्ठ तथा अंपाङगलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याइदिने वाचा गरे अनुसार निर्वाचित पछि तत्काल सो कार्यलाई कार्यान्वयनमा ल्याइएको सैनामैना नगरपालिका वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेलले जानकारी दिए ।जनप्रतिनिधी नै घरमा गएर अशक्त,जेष्ठ तथा अंपाङग गरि हाल सम्म ५० जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरिसकेको अध्यक्ष पोख्रेलको भनाई छ ।
सिंह दरबारको अधिकार गाउँ गाउँ सम्म आएको अनुभति गराउन खोजेको वडाअध्यक्ष गोपाल पोख्रेले बताए । वडामा अशक्त,जेष्ठ तथा अंपाङगता भएका ब्यक्ति भएका कारण उनीहरु वडा सम्म आउन सास्ती झेल्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता घरमै लैदिने निधो गरेको अध्यक्ष पोखे्रलले उल्लेख गरे ।
यस्तै,सैनामैना वडा न.६का वडा सदस्य आशिष पोख्रेलले जनता नै यो वडाका जर्नादन भएकाले जनताको सेवा गर्नु जनप्रतिनिधीको दायित्व भएको बताएका छन् । कुनै समस्या हुन साथ तुरुन्त खवर गर्न वडावासीलाई समेत वडासदस्य आशिष पोख्रेलले आग्रह गरेका छन् ।यो संगै अशक्त,जेष्ठ तथा अंपाङग नागरिकले घरमै सुविधा पाइएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्