सुरेश परियार,
रुपन्देहीको सैनामैना नगरपालिका वडा न.७ले पुण्य कार्यको थालनी गरेको छ ।वडाले यसवडामा बस्ने अशक्त,जेष्ठ तथा अंपाङगलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याइदिने आज घोषणा गरेको हो ।साथै,वडाले ति ब्यक्तीका लागी सामाजिक सुरक्षा भत्ताको नविकरण पनि घरमै गएर गरिदिने वडाअध्यक्ष राजकुमार चौधरीको हस्ताक्षरित पत्रमा उल्लेख छ ।
सिंह दरबारको अधिकार गाउँ गाउँ सम्म आएको अनुभति गराउन खोजेको वडाअध्यक्ष राजकुमार चौधरीले बताएका छन् । वडामा अशक्त,जेष्ठ तथा अंपाङगता भएका ब्यक्ति भएका कारण उनीहरु वडा सम्म आउन सास्ती झेल्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता घरमै लैदिने निधो गरेको अध्यक्ष चौधरीले उल्लेख गरे ।जनता नै यो वडाका जर्नादन भएकाले जनताको सेवा गर्नु जनप्रतिनिधीको दायित्व भएका कारण कुनै समस्या हुन साथ तुरुन्त खवर गर्न वडावासीलाई आग्रह गरेका छन् ।यो संगै अशक्त,जेष्ठ तथा अंपाङग नागरिकले घरमै सुविधा पाइने भो भनेर खुशी ब्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्