सुरेश परियार,साउन १० गते,
रुपन्देहीको सैनामैनामा कोरा साईक्लिङ हुने भएको छ ।साईकल साथी सैनामैनाको आयोजनामा यहि साउन ११ गते दोस्रो संस्करणको रुपमा सैनामैना कोरा हुन लागेको हो ।आज पत्रकार सम्मेलनको आयोजना गर्दै पर्यावरणलाई स्वच्छ राख्न र आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सैनामैनामा कोरा गर्न लागिएको साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले जानकारी दिएका छ्न ।
स्वास्थ्यका लागि मात्र नभई पेट्रोलयम पदार्थ खपतलाई कम गर्न पनि कोराको आबस्यक रहेको अध्यक्ष रानाको भनाई छ रुपन्देही,कपिलवस्तु र नवलपरासी गरि १५० जना भन्दा बढी साईकलयात्रीले करिब ५४ कि.मि चक्रपथ परिक्रमा गर्ने कार्यक्रम संयोजक गोबिन्द ज्ञवालिले उल्लेख गरे ।
सो अबसरमा बोल्दै बिश्व साइकलयात्री पुष्कर शाहले मानव जिवनलाई स्वास्थकर बनाउन कोरा अपरिहार्य रहेको बताएका छ्न । प्रत्येक बर्ष एकदिवसीयको रुपमा हुने कोरालाई आगामी बर्ष देखि महिना भरि कोरा गरिने जानकारी समेत दिए ।साईकलकै माध्यमबाट आत्मीयता तथा सामीप्यता बढने बताउदै शाहले सरकारीस्तरबाट नै कोरालाई प्रोत्साहन गर्नुपर्ने औलाए ।
सम्मेलनमा बोल्दै काेरा हेल्थ कोडिनेटर डा.निकाेलस भुसाल
ले साइकलको माध्यमबाट मानव जिवनको आयु बढाउन सकिने बताएका छ्न् ।
सोहि अबसर पारेर जर्सी सार्बजनिक समेत गरिएको छ । बामरी पार्टी प्यालेसमा भएको सम्मेलनमा साइकल साथीका सचिब बिस्नु गौतमको सन्चालन रहेको थियो ।कोरा बिहान ६ बजे मुर्गिया चोक बाट सुरु हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्