Uncategorizedमुख्य समाचारराजनितिसमाचार

शहिद सुर्यनाथ रान यादवको स्मृति दिवस मनाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज ४ गते शहिद सुर्यनाथ रान यादवको स्मृति दिवस मनाउने भएको छ । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले वक्तव्य जारी गरी शहिद यादवको स्मृति दिवस मनाउन मातहतको कमिटीलाई निर्देशन दिएका छन् । कोरोना महामारीका कारण विगतभन्दा फरक शैलीमा स्मृति दिवस मनाउन लागेको नेकपा प्रदेश २ कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

विगतमा पार्टीका प्रमुख नेताको उपस्थितिमा औपचारिक सभा आयोजना गरी मनाइने दिवस यस वर्ष वृक्षारोपण कार्यक्रम, रक्तदान शिविर सञ्चालन, पार्टी कार्यालयमा शहिद सुर्यनाथ रानको तस्वीरमा माल्यार्पण तथा सामाजिक सञ्जाललगायतको सञ्चार माध्यममा उनको योगदानको चर्चा गरी मनाउन नेकपाले निर्देश गरेको छ ।

शहिद सुर्यनाथ रान यादवको जन्म वि.सं. १९९७ सालमा धनुषा जिल्लाको चोराकोयलपुरमा भएको थियो । यादव धनुषामा किसान आन्दोलनलाई संगठित गर्दै २०१५ सालमा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

२०३१ सालको नेकपा चौथो महाधिवेशनवाट केन्द्रिय समिती सदस्य भएका यादव पञ्चायतकालमा पटक पटक जेल यातना र हिरासतमा रहेका थिए । निरंकुश सत्ताको अगाडि कहिले नझुकेका उनलाई निडर स्वभावका नेताका रुपमा पार्टीमा चिन्ने गर्थे ।

वर्गसंघर्षका शिल्पी किसान आन्दोलनका अगुवा सादा र सरल जीवनका अनुयायी सुर्यनाथ यादवलाई २०४२ साल जेठ २ गते गिरफ्तार गरि असोजमा जेल सार्ने वहानामा उदयपुरको वेलटारमा लागि २०४२ साल असोज ४ गते तत्कालीन पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो ।

सम्बन्धित समाचार