सुरेश परियार,चैत्र २८ गते ।रुपन्देहीको सैनामैना नगरपालिकामा रैथाने सडक खाना महोत्सव हुने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन,मौलिक खाना र स्थानीय प्रवर्द्धन गर्ने उदेश्य सहित रैथाने सडक खाना महोत्सव चैत्र २९,३० र वैशाख १ गते सम्म सञ्चालन हुने महोत्सव मुल समारोह समितिका अध्यक्ष माया के.सीले जानकारी दिईन् ।साथै,महोत्सवको सम्पूर्ण तयारी पुरा भएको उनले उल्लेख गरिन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै सैनामैना होटल तथा रेष्टुरेण्ड व्यवसायी संघको आयोजनामा सञ्चालन हुने महोत्सवमा झण्डै २० हजार दर्शकहरुले अवलोकन गर्ने आंकलन गरिएको छ ।महोत्सवमा विभिन्न समुदायले तयार पारेका मौलिक तथा परम्परागत विविध स्थानीय परिकारहरु ढेडो,सिस्नो,कोदो,फापर,घोगी लगायत प्रर्दशन गरिनेछ ।महोत्सवमा ३० वटा स्टल सम्म रहने आयोजकले जनाएको छ भने महोत्सव सम्पन्न गर्न २१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
यस्तै,मौलिकपन झल्कीने साँस्कृतिक कार्यक्रमहरु जस्तै नेवारी समुदायको विशेष प्रस्तुति,सोरठी,थारु समुदायको विशेष झाँकी संगै मारुनी,सालैजो गीत,कौडा लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ३ दिन सम्म चल्ने महोत्सवमा लोक तथा दोहोरी गायक श्याम राना,सम्झना भण्डारी,र्यापर भ्युमा,दोहोरी गायिका विष्णु श्रपाली,हाँस्यकलाकार उज्जवल गिरि,गायकहरु अनिल पहाडी,बसन्त श्रेष्ठ,रक्त व्याण्ड,गायिका सारदा काफ्ले,गायकहरु सुरेश परियार,मिस्टर पाण्डे लगायतको बेजोड प्रस्तुति रहनेछ ।
महोत्सव सैनामैना नगरपालिका वडा न.४मुर्गिया बुद्धचोकमा हुने जनाईएको छ ।डिभ्याईन क्याफेमा भएको पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष होम प्रसाद पौडेलको स्वागत तथा महासचिब नवराज पन्थीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्